मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा १५ राताेमाटेबाट ४७ लाख बराबरकाे सुन सहित १ जनालाई निययन्त्रमा लिएकाे छ । हेटौडा १५ रातोमाटे स्थित हेटाैडा पथलैया सडकखण्डमा काठमाडौंबाट बिरगंजतर्फ जादै गरेको ना १ ज ७४९० नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमाेका यात्रु प्रभु साह साेनारले ल्याएकाे सुन बरामद गरी नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका वडा नम्बर–१ का ३५ वर्षीय सोनारमाथि शंका लागि शरीर तथा झोला खानतलासी गर्ने क्रममा निजको साथबाट भन्सार छली गरी ल्याएको पहेलो धातु सुन ४ सय ८९ ग्राम ३७ मिली ग्राम बरामद गरि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए ।
बरामद गरिएकाे सुनको विहीबारको बजार मुल्य ४७ लाख ३६ हजार ७ सय ५९ रहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका सोनारलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको छ ।
यसैगरी मकवानपुर प्रहरीले हेटौंडा १५, रातोमाटेस्थित सडकखण्डबाट साढे ३ लाखभन्दा बढीको कपडा तथा खाद्यान्न बरामद गरेको छ ।
प्रहरीले असार २५ र २६ गते हेटौडा पथलैया सडकखण्डमा सवारी जाँच गर्ने क्रममा यात्रुबाहक बसका डिक्कीबाट भन्सार छली ल्याइएको ३ लाख ५७ हजार ८ सय ८९ सय रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
उक्त कपडा र खाद्यान्न प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरेको कपडा तथा खाद्यान्न आवश्यक अनुसन्धान तथा कारबार्हीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।