मकवानपुर । हेटौंडाबाट काठमाडौं जाने वैकल्पिक सडक कान्तिलोकपथ विहीबार साँझ आएको पहिरोका कारण अवरुद्ध भएको छ । बागमती प्रदेशको राजधानी हेटौडालाई संघीय राजधानी काठमाडाै जाेड्ने कान्तिलाेकपथकाे बकैया गाउँपालिका ११ स्थित सडकखण्डमा वर्षासँगै आएकाे पहिराेका कारण अवरुद्ध भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
कान्तिलाेकपथकाे मकवानपुरको बकैया ११ सिमात सडकखण्ड अन्तरगत साँझ ५ः१० बजेकाे समयमा वर्षासँगै पहाडबाट खसेकाे पहिरो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक सुवास खतिवडासहितकाे प्रहरी टोली पुगेको र पहिरो पन्छाउने कार्य भइरहेको कार्कीले जानकारी दिए ।