मकवानपुर । हिमालयन राइडर्स साेसाइटी मकवानपुरले कोरा च्यालेन्ज आयोजना गर्ने भएकाे छ । लामो समयदेखि साइकल अभियानका क्रियाशील अभियनकर्मीहरु प्रयासमा करिव २ वर्ष अघि हेटौंडामा स्थापना भएको सोसाइटीले असार ३० गते शनिबार कोरा च्यालेन्ज आयोजना गर्ने पत्जारकार सम्मेलन गरी जानकारी दिएकाे हाे ।
असार ३० गते समेतकाे सोसाइटीकाे काेरा च्यालेन्ज दोस्रो संस्करण रहेकाे बताइएकाे छ । संसारभर जुुलाई १६ तारिखमा आयोजना हुने कोरा च्यालेन्ज नेपाल राज्यभर र हेटौंडामा भने १ दिन अगाडि नै आयोजना गर्न लागिएकाे हिमालयन राइडर्स सोसाइटी मकवानपुर अध्यक्ष रामकुुमार श्रेष्ठ बताए ।
कोरा च्यालेन्ज विशेषगरी धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएकाे श्रेष्ठले जानकारी दिए । असार ३० गते शनिबार बिहान ६ बजे हेटौंडा–४ हुुप्राचौरस्थित पशुपतिनाथ मन्दिरबाट बाट सुरु हुने च्यालेन्ज कुुष्माण्ड सरोवर त्रिबेणीधाम, बनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, पुण्यक्षेत्र, गोरक्षश्वर, जलेश्वरलगायत हेटौडा र आसपासका २० वटा मन्दिर परिक्रमा गरी समापन गरिने उनले बताए ।
कोरा च्यालेन्जका सहभागी साइकलयात्रीलाई हेटौंडा उपमहानगरका वडा नम्बर १,२,४,५ कार्यालय, बिभिन्न मन्दिर ब्यवस्थापन समितिहरुले स्वागत गर्ने बताइएकाे छ । कोरा च्यालेन्ज नेपाल टेलिकम हेटौंडा शाखाकाे मुख्य प्रायोजन तथा होटल स्मारककाे सहप्रायोजनमा हुन लागेकाे हाे । करिव २५ किमि धार्मिक साइकल यात्रा गर्न कम्तिमा ८ वर्षदेखि ७० वर्षसम्मका करिव २०० जना साइकलयात्री सहभागी अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कोरा च्यालेन्जको मुुख्य आकर्षणको रुपमा यो वर्ष हेटौंडा–१ को महिला समूहले पञ्चैबाजा बजाएर साइकल ¥यालीलाई साथ दिदैंछन् । कोरा च्यालेन्जमा सहभागी हुने सबैलाई टिसर्ट, स्कार्फ, मेडल, प्रमाणपत्र प्रदान गरिने श्रेष्ठले बताए । कार्यक्रमकाे लागि करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान आयाेजकले गरेकाे छ ।