मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
असार २५ गते दिउँसो १२:५० बजेको समयमा मनहरी गाउँपालिका ६ नयाँबस्ती स्थित पूर्व पश्चिम सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा रामेछाप ८ घर भई चितवन खैरेनी ८ बस्ने अन्दाजी ५० वर्षीय नर बहादुर थापाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
चितवन तर्फबाट हेटौडा तर्फ आउदै गरेको बा.प्र.०३-००३ प ८६५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मनहरी ६ मा सडकको पोलमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकल चालक थापा गम्भीर घाइते भएका थिए ।
थापालाई बेहोस अवस्थामै उपचारको लागि भरतपुर चितवन पठाएकोमा उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।