मकवानपुर । मकवानपुरको मनहरी नयाँबस्तीमा भएको सवारी दुर्घटनामा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छ्न ।
असार २३ गते राती १:४५ बजेको समयमा मनहरी ६ नयाबस्ति डिपाट गाउँस्थित पूर्व पश्चिम सडक खण्डमा हेटौडा तर्फबाट चितवन तर्फ जादै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र बिपरीत दिशा तर्फ बाट आउदै गरेको ना ६ ख ६३१ नं.को ट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा दुबै ट्रकमा आगलागी भएको थियो ।
आगलागीबाट दुबै ट्रक पूर्णरूपमा जलेको बताइएको छ । दुर्घटनामा ६६६७ नम्बर ट्रक चालक चितवन राप्ति नगरपालिका ८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, ट्रकको सहचालक गोरखा गण्डकी गाउँपालिका गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ६३१ नम्बर ट्रक सहचालक मकवानपुर मनहरी ३ का २० वर्षीय अमृत प्रजाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ती नगरपालिका ३ का ३५ वर्षीय बिबेक तमाङ र ६३१ नम्बरको ट्रक चालक मनहरी ३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
३ जना ब्यक्तिहरु सवारी साधनमै च्यापिएको घाइतेहरुले जानकारी दिएका थिए । घाइते दुबै जनाको अवस्था मध्यम रहेकोमा उपचारको लागि भतरपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
हेटौडा उपमहानगरपालिकाको २ वटा दमकलबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्ण राज ढकालले जानकारी दिए ।