- शुक्रराज कुँवर
म जागिरे मान्छे । घर छेउमा सानो पसल पनि थापेको थिँए । चौकोचुलोको काम सकेर पत्नी नीराले पसल सम्हाल्ने गर्थिन् । शनिबार र अरु छुट्टीको बेला पसलमा म पनि बस्ने गर्थेँ ।
म बुवाआमा सङ्गै बस्थेँ । घरमा पढ़दै गरेका भाइ बहिनी अनि मेरो आफ्नै एउटा छोरा पनि थियो । पसल,घर दुवै हेर्नु पर्दा नीरालाई काममा धावा धावा पर्थ्यो । तथापी उनी रमाएर बसेकी थिईन् । म खुसी थिएँ । घरपरिवार का सबै खुसी थिए ।
शनिबारको दिन थियो । म पसलमा थिएँ । साढ़े नौ बजे तिर नीरा पसलमा आईन् र भनिन् ” म महिला समुहको मिटिङ्गमा जाँदैछु ,भातभान्सा सबै तयार छ,आउन ढिलो हुन्छ । आफै पनि खानु अनि सबैलाई पस्केर खुवाउनु है ।” अनि आमालाई मही मन पर्छ , नबिर्सी दिनु नि फेरि ” उनले भनिन् ।
एघार बजे तिर उनले भने अनुसार सबै काम गरेँ । उनी एक बजे आईन् । ” भोक लाग्यो होला खाना पस्किँउ ?” मैले भनेँ ।
” हुन्छ नि ” उनले भनिन् ।
मैले दुइटा थालमा खाना पस्कदै गरेको देखेर उनले भनिन्
” तपाईँ आफू चाहिँ खाना खानु भा को छैन कि क्या हो ?”
” हो त ! खा को छैन “
” किन नि ?”
” तिमीलाई पर्खेर बसेको “
बलभद्रपथ , धरान १० सुनसरी