मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ९० करोड २१ लाख ७१ हजार ८ सय ७३ रुपयाँ ६६ पैसा बराबरकाे वजेट गाउँसभामा प्रस्तुत गरिएकाे छ ।
शुक्रबार गाउँपालिकाको १३ औँ गाउँसभाकाे दोस्रो वैठकमा उपाध्यक्ष सीता पुलामी मगरले उक्त बजेट पेश गरेकी हुन् । गाउँसभामा पेश गरेकाे ९० करोड २१ लाख ७१ हजार ८ सय ७३ रुपयाँ ६६ पैसाको वजेट सभाले शुक्रबारकाे गाउँसभाकाे दाेस्राे वैठकले पारित गरेको छ ।
गाउँपालिकाले सुशासन तथा संस्थागत विकासमा १४ करोड २९ लाख १२ हजार ८७३ पैसा ६६ मात्र (१५.८० प्रतिशत) आर्थिक विकास तर्फ ४ करोड ३० लाख (४.८० प्रतिशत) सामाजिक विकास तर्फ ३० करोड २३ लाख ५९ हजार (३३.५० प्रतिशत) पूर्वाधार विकास तर्फ ३२ करोड ६४ लाख (३६.२० प्रतिशत) वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड २५ लाख (१.४० प्रतिशत) तथा गाउँपालिकाकाे वडाहरुकाे लागि ७ करोड ५० लाख (८.३० प्रतिशत) बजेट विनियोजन गरेकाे छ ।
गाउँपालिकाले असार १० गते आगामी आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गरेकाे थियाे ।