मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले भीमफेदी २ का विपन्न तथा चेपाङ समुदायलाई खाद्यान्न वितरण गरेका छन ।
भीमफेदी २ पुरानो गाउँ, दमार र चौकीडाँडा टोलका गरिव, विपन्न तथा चेपाङ समुदायका ४० घरपरिवारलाई प्रतिघरधुरी ३० किलोको एक बोरा चामल वितरण गरिएको हो ।
खाद्य सामाग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दिनदुःखी, असहाय, गरिबको सेवामा सधैं समर्पित रहको बताए । ‘वर्षातको समयमा गरिब र विपन्न जनतालाई राहत हुने भएकोले सहयोग गरेको उनले बताए।
नेपाली कांग्रेस भीमफेदी गाउँपालिका २ का वडासभापति मञ्जु थापाको सभाध्यक्षता तथा नेता बानियाँको प्रमुख आतिथ्यतामा भएको खाद्यन्न बितरण कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्यद्वय राजन भट्ट र प्रज्वल दवाडी, कांग्रेस चितवनका महाधिवेशन प्रतिनिधि शेरबहादुर परियार, कांग्रेस मकवानपुरका जिल्ला सदस्य नवराज खतिवडा, भीमफेदी गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठ, सम्बृृद्ध आधार नेपालका केन्द्रीय उपाध्यक्ष दीपा पौडेल बानियाँ, काग्रेस मकवानपुर २ क का क्षेत्रीय प्रवक्ता मिलन पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।