मकवानपुर । बामगती प्रदेश सरकारले ल्याएकाे आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बागमती प्रदेशसभाबाट बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकले बजेट बहुमतले पारित गरेको हो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको असहमतिका बीच सत्तारुढ दलका बहुमत सदस्यहरुको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित भएको हाे । गत असार १ गते बागमती प्रदेश सरकारकाे तर्फबाट आर्थिक याेजना मन्त्री बहादुर सिं लामाले ६२ अर्ब ७० करोड ९० लाखको बजेट प्रदेश सभमा प्रस्तुत गरेका थियो ।
प्रदेशसभामा गत असार १२ गतेदेखि बजेटमाथि छलफल सुरु भए पनि प्रतिपक्षको अबरुद्धका कारण १७ गतेबाटमात्रै छलफल सुरु भएको थियो । बजेटमाथिको छलफलमा ५४ जना प्रदेशसभाका सासंदले भाग लिएका थिए भने ९ जना सासंदहरुले संसोधन प्रस्ताव दर्ता गराएका थिए । बजेटमाथि उठेका प्रश्नको विषयगत मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिए पछि पारितकालाई सभामा प्रस्तुत हुँदा बहुमतले पारित भएकाे हाे ।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ६७ जना सांसदहरु बजेटको पक्षमा रहेदै बजेट बहुमतले पारित भएकाे हाे । यस्तै नेकपा एमाले, राप्रपा र नेमकिपासहितका ४३ सांसदहरु बजेटकाे विपक्षमा रहेका उभिएका थिए ।
सरकारले एक पक्षीय रुपमा बजेट विनियोजन गरेको साथै बजेट वितरण असमान गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले सहित राप्रपा र नेपाल मजदुर किसान पार्टीले भन्दै प्रतिपक्ष दलले संसद अवरोध गर्दै आएको थिए । प्रदेश सरकारले प्रतिपक्षी दलहरुको योजनालाई समावेश गर्ने प्रतिवद्धता जनाए पछि प्रदेशसभाको अवरोध हटेकाे थियाे । सत्ता पक्षले प्रतिपक्षी दलहरुका योजनालाई पनि समोवश गर्ने सहमति छलफलबाट भए पछि बजेटमाथिकाे छलफल १७ गतेबाट सुरु भएकाे थियाे ।
प्रदेश सरकारकाे बजेट पारित भएसँगै बागमती प्रदेश सभाकाे बैठक अर्काे सूचना जारी नभएसम्मकाे लागि सभामुख भुवन कुमार पाठकले स्थगित गरेका छन् ।