मकवानपुर । बागमती प्रदेश सभाको आज बस्ने भएकाे छ । हिजाे साँझ छ बजे बाेलाइएकाे दाेस्राे बैठक पनि बस्न नसकेपछि आज ११ बजेलाई बाेलाइएकाे हाे । प्रतिपक्षीले आज पनि विराेध कै तयारीमा छ ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटमाथि छलफल गर्न बोलाइएको बैठक नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीको अवरोधका कारण स्थगित गरिएको हो । जसकाे कारणा हिजाे पनि दुई पटक बाेलाइएकाे बैठक बस्न सकेन । विपक्षी दल र सत्तापक्षबीच सहमति जुट्न नसकेपछि गत मङ्गलबार र बुधवारको बैठक स्थगित भएको थियो ।
आव २०८०/०८१ को बजेट असन्तुलित र भेदभावपूर्ण भएको भन्दै एमाले, राप्रपा,नेमकिपाले बजेटको विरोध गर्दै आएका छन् । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले- सदन सञ्चालन गर्न प्रतिपक्षीसँग छलफल भैरहेको बताए । उनले प्रतिपक्षीले आरोप लगाएजस्तो सत्तापक्षले बजेटमार्फत प्रतिपक्षीलाई दमन गर्न नखोजेको कुरा प्रष्ट पारेका छन् ।
बजेट सत्तापक्ष, प्रतिपक्ष सबैको भएको हुनाले प्रतिपक्षलाई जिम्मेवार बनेर सदनमा प्रस्तुत हुन उनले अनुरोध गरे । प्रतिपक्ष गैरजिम्मेवार भएर सदन अवरोध मात्रै गरिरहे सरकार विधिमा जान बाध्य हुने प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।