मकवानपुर । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षकाे बजेटमाथि छलफल गर्न बोलाइएको बैठक आज पनि अवरुद्ध गरिएको हो । यस अघि गत असार १२ गते ३ पटक बैठक अवरुद्ध भएको थियो ।
आज पनि नाराबाजी गर्दै प्रदेशसभा बैठकमा नाराबाजी भएको थियाे । जनविरोधी बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले सहित राप्रपा र नेमकिपाका प्रदेशसभा सदस्यहरुले नारावाजी गरेपछि बैठक अबरुद्ध भएको हो ।
बैठकको प्रारम्भमा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले धारणा ब्यक्तपछि विपक्षको नाराबाजीसँगै बैठक स्थगित भएको हो ।
अर्को बैठक आजै साँझ ५ बजेलाई बोलाईएको सभामुख भुवनकुमार पाठकले बताए ।
नेमकिपाका सांसद सुरेन्द्रराज गुसाइ बोलेर अर्का सत्तापक्षका सांसद मायादेवि शर्मा बोल्न खोज्दा संसद अवरोध गरिएको थियो ।
गत १२ गते प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध भएपछि आजको बैठक बोलाइएको थियो ।
प्रदेश सरकारले बजेटलाई समावेशी ढंगबाट वितरण नगरेको, हुदै नभएको वडामा बजेट विनियोजन गरेको, गैससलाई नाम नै तोकेर अनुदान वितरण गरिएकोलगायतको विषयको कारण प्रमुख प्रतिपक्ष एमाले र राप्रपाले बैठक अवरुद्ध गर्दै आएको छ ।
बजेटमा संशोधन नगरी पास गर्न नदिने पक्षमा प्रमुख प्रतिपक्ष दल रहेको नेता जगन्नाथ थपलियाले बताए । एमालेलाई समर्थन गर्दै अन्य दलहरुले पनि बैठक अवरुद्ध गर्दै आएका छन् । बजेटको विरोधमा आज नेमकिपा थपिएको हो ।