मकवानपुर । कवि जुनु घिमिरेको कविता संग्रह “पसिनाको घर ” शुक्रबार सार्वजनिक गरिएको छ । कवि घिमिरेद्वारा रचिएका ४२ वटा कविता समेटिएको संग्रह धनकुटामा शुक्रबार सार्वजनिक गरिएको हो ।
कविता संग्रहलाई प्रमुख अतिथि साहित्यकार, समाजसेवी गर्गाचार्य समुदायिक विश्वभाषा पुस्तकालयका संरक्षक टिकाप्रसाद लामिछाने,बिशेष अतिथि धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक डा यज्ञप्रसाद गुरागाई, कविकी आमा बिमला घिमिरे लगायतबाट सार्वजनिक गरिएको हो ।
बिशेष अतिथि डा.गुरागाईले पसिनाको घरमा जिवन भोगाइका बिषयलाई समेटेकोले कविता संग्रह उत्कृष्ट रहेको बताए ।

जीवनचक्रमा देखेका सुनेका र भोगेका बिषय बस्तुलाई सिर्जना गरेर कविता संग्रह तयार पारिएको कवि घिमिरेले बताइन ।
सल्लेरी साहित्य संगमको आयोजनामा भएको लोकार्पण कार्यक्रमको संयोजन जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा न ७ ले गरेको थियो ।
कार्यक्रममा साहित्यकार भोलानाथ घिमिरे, गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल, धनकुटा बहुमुखी क्यापसका सहायक क्यापस प्रमुख मानबहादुर भण्डारी, शिक्षासेवी दामोदर दाहाल, जेष्ठनागरिक टिकाप्रसाद घिमिरे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी, साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन देबकला कार्कीले गरेकी थिइन ।