मकवानपुर । कृषि विकास बैंक हेटौंडा शाखाले हेटौंडा अस्पताललाई टेलिभिजन सहयोग गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत टेलिभिजन सहयोग गरेको हो ।
अस्पतालमा आउने बिरामी तथा बिरामीको आफन्तलाई सेवा पुग्नेगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल हेटौडालाई टेलिभिजन हस्तान्तरण गरिएको हो । अस्पतालका अध्यक्ष राजेश प्रशाई, निमित्त मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटा, अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौलागाईं, लेखा अधिकृत खिमानन्द पौडेल,अस्पतालका नर्सिङ प्रमुखको उपस्थितिमा टेलिभिजन हस्तान्तरण गरिएको बैंकले जनाएको छ । झण्डै एक लाख रुपैयाँ पर्ने ६५ इन्चकाे टेलिभिजन प्रदान गरिएकाे हाे ।
कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतम, हेटौडा शाखाका प्रबन्धक तीर्थराज पौडेल तथा बैंकका कर्मचारीहरु समेतको उपस्थितिमा टेलिभिजन हस्तान्तरण गरिएको हो । कृषि विकास बैंकले देशभरको २८५ भन्दाबढी शाखाबाट आधुनिक बैकिङ सुविधा सहित कारोबार गरिरहेकोले बैंकको सेवाबाट लाभ लिन कृषि विकास बैंकका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटाले बैंकको संस्थागत सामाजिक कार्यक्रम अन्तरगत प्राप्त सहयोगबाट अस्पतालका सेवाग्राही लाभान्वित हुने बताए । यसबाट स्वास्थ्य सम्बन्धी उपयोगी सूचना तथा जानकारी प्रदान गर्नको सहज हुने अपेक्षा गरिएकाे हेटौडा शाखाका प्रबन्धक तीर्थराज पौडेलले बताए ।