मकवानपुर । आगामी आर्थिक वर्षको लागि मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा न ४ ले स्थानीय सरोकारवालाहरुसँग योजनाबारे छलफल गरेको छ ।
आगामी आर्थि वर्ष २०८०।०८१ को लागि स्थानीय आवश्यकताको सम्बोधन गर्दै बजेट तथा कार्यक्रमहरु लागु गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको वडा अध्यक्ष प्रकाश थापाले बताए । स्थानीयहरुले खानेपानीकाे व्यवस्थापन, सडक बाटो तथा तटबन्धनमा बढी योजना मागेका छन् ।
यस्तै कृषिका योजना, शिक्षा, स्वास्थ्यका योजनाहरु पनि स्थानीयले माग गरेको थापाले बताए । स्थानीयको माग बमोजिम कार्यक्रम ल्याउन बजेटको बेवस्था गरिने उनले बताए । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षकाे लागि बजेट सार्वजनिक गरिसकेकाे छैन ।