मकवानपुर । बागमती प्रदेशसभाको पाँचवटा विषयगत समिति निर्माण भएको छ । प्रदेश सभा नियमावली २०७४ को नियम १६ बमोजिमको विषयगत समितिहरु गठन गरिएको हो ।
आर्थिक वर्ष २०८०र०८१ को बजेट ल्याएपछि स्थागित गरेर आज छलफलको लागि बसेको बैठकले विषयगत समिति गठन गरेको हो । प्रदेशसभा बैठकमा प्रदेशसभा सभामुख भुवन पाठकले समितिमा रहने सभासदहरुको नाम पढेर सुनाएका थिए ।
समितिको विषयमा सबै दलले समर्थन गरेका छन् । देशसभामा रहने प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति निर्माण गरिएको हो ।
बजेट माथि छलफल गर्न आज पुन बैठक बस्ने छ ।