मकवानपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ वागमती प्रदेश समितिले वागमती प्रदेशस्तरीय प्रथम नव प्रवर्तन उद्यमी विकास सम्मेलन गर्ने भएको छ ।
वागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समितिको सहकार्यमा आगामी असार १४ र १५ गते सम्मेलन हुने भएको हो ।
सम्मेलनमा वागमती प्रदेशका सबै जिल्लाहरुबाट नवप्रवर्तन उद्यमीहरु, इच्छुक लगानीकर्ताहरु र महासंघका प्रदेश समिति तथा जिल्ला समितिका पदाकिारीहरू गरी करिव २५० जना उद्यमीहरु सहभागी हुनुहुने महासंघका कार्यवाहक अध्यक्ष, तारानाथ चौलागाईले बताए ।
सम्मेलनमा सहभागी भएर नव प्रवर्तक युवा उद्यमीहरूले नयाँ ज्ञान प्राप्त गर्न सक्ने महासंघका कार्यकारी निर्देशक शम्भु नेपालले बताए ।