मकवानपुर । बागमती प्रदेशको हेटौंडामा प्रदेश स्तरीय पहिलाे युवा सम्मेलन सुरूभएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री कुमारी मोक्तानले आज सम्मेलनको उद्घाटन गरिन ।
सम्मेलनको उद्घाटन गर्दै मन्त्री मोक्तानले युवाको सवालमा काम गर्न मन्त्रालय सधैं तयार रहेको बताइन् । युवालाई स्वरोजगार बनाउन निरन्तर बजेट बिनियोजन गरेको उनले बताइन् । पहिलाे पटक युवा सम्मेलन गर्न लागिएकाे र यसबाट धेरै सिकाइ हुने अपेक्षा मन्त्रालयले राखेकाे मन्त्री माेक्तानले बताइन् ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ करोडौं बजेट मन्दिर पाटी पौवा निर्माणमा छुट्याइएको तर, युवा उद्यमशीलताको लागि बजेट नभएको गुनासो गरे । नीति योजना र बजेट छुट्याउनु अघि नै युवाहरूको यस्तो सम्मेलन गर्नुपर्ने उनले बताए । युवालाई बिदेश हैन, आफ्नो गाउँठाउँमा उद्यमी बनाउन स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले बताए । “युवाहरू बिदेश पलायन भए पनि सीप दिएर पठाऔं” उनले भने “यसतर्फ पनि प्रदेश सरकारले ध्यान दिनुपर्छ ।”

कार्यक्रममा प्रदेश सांसद प्रेमबहादुर पुलामीले युवाहरू सत्तामा पुग्ने भर्याङ मात्रै नभएको बताए । सिर्जनात्मक कामको थालनी युवाले गर्नुपर्ने उनले बताए । देश बिदेश घुमेर सिप, सिर्जनात्मकता र लगनशीलता सिक्नुपर्ने उनले बताए । ” सुन बनाउनेदेखि फोहोर संकलन गर्न सम्म बिदेशीहरू हामी कहाँ आउछन्, हामी नेपाली युवा चाहिँ किन बेरोजगार” उनले प्रश्न गरे । कार्यक्रम बागमती प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष प्रा.डा नरबिक्रम थापाले देशको आर्थिक सामाजिक राजनीति विकास र परिवर्तन गर्न युवाको दायित्व र योगदान भएको बताए ।
दुई दिनसम्म चल्ने सम्मेलनले हेटौंडा घोषणा पत्र जारी गर्ने छ । सम्मेलनमा प्रदेशको १३ जिल्लाका करिब २ सय जनाको सहभागी रहेका छन् । कार्यक्रममा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सम्मेलनको बारेमा अवधारणा पत्र सार्वजनिक गरेका छन् । यस्ताे छ चाैलागाईंले युवाकाे सवालमा प्रस्तुत गरेकाे अवधारण पत्र:





