मकवानपुर । हेटौंडा काठमाडौ छोटोमार्ग कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी–८, गंगटेमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी कार चालक हेटौँडा–३, बसामाडीका ३० बर्षीय बिबेक लामाको मृत्यु भएको मकवानपुरका प्रहरीले जानकारी दिएको छ ।
मंगलबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा काठमाडौबाट हेटौंडा आउदै गरेको बि सि ए ०५३७ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको थियो ।
ईलाका प्रहरी कार्यालय ठिङ्गन मकवानपुरका अनुसार
नेपाल प्रहरी,नेपाल आर्मीको संयुक्त टोलिले चालक लामालाई घटनास्थलबाट मृत अवस्थामा उद्धार गरिएको हो ।
कारमा सवार मकवानापुर भिमफेदी गाउँपालिका–५ का ४५ बर्षीय राजकुमार बल घाइते भएका छन्। दुर्घटनामा बलको छातीमा चोट लागेको र बोल्न सक्ने अवस्थामा दुर्घटनास्थलबाट उद्दार गरी उपचारका लागि हेटौँडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
दुर्घटना सम्वन्धमा आबश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।