मकवानपुर ।वविकासकाे लागि सामाजिक अभियान आवश्यक रहेकाे हेटाैँडा ४ नं. का वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन । मानवीय विकासकाे एउटा अंग मात्र भाैतिक विकास भएकाेले विकासमा शैक्षिक, स्वास्थ्य, राेजगारी, उत्पादन, वातावरण संरक्षण लगायतकाे क्रियाकलाप आवश्यक रहेकाे वडा अध्यक्ष सिग्देलले बताए ।
काेशिस मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनद्वारा आयाेजित तथा सामाजिक अभियान सञ्जाल, हेटाैँडा ४ काे समन्वयमा भएकाे कार्यक्रममा उनले यस्तो बताएका हुन ।
कार्यक्रममा सामुदायिक महिला स्वास्थ्य सेविकाहरूलाई मानसिक स्वास्थ्य, मनाेसामाजिक अपाङ्गता र साथीसंङ्गी समूह छलफल भएकाे छ । काेशीसकी सुनिरा लामाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गैसस मकवानपुरकी उपाध्यक्ष कुमारी वाईवा, सामाजिक अभियान सञ्जाल हेटाैँडा ४ कि अध्यक्ष माया लामा, माेहन बज्रचार्य शहरी स्वास्थ्य केन्द्रकी प्रमुख निर्मला ब्लाेनकाे आथित्यता रहेकाे थियाे भने काेशिसकी यु माया थापाले कार्यक्रमकाे सहजीकरण गरेकी हुन ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, ५, ६, ८ र १३ का गरी २५ जना स्वास्थ्य स्वयम् सेविकाकाे उपस्थिति रहेकाे काेशिसकी प्रतिनिधि शकुन्तला पाैडेलले जानकारी दिइन ।