मकवानपुर । मकवानपुरको झरना साहित्यिक परिवारले साहित्य श्रृखला अन्तरगत लटारम्भेश्वर पदयात्रा सहितकाे साहित्यिक कार्यक्रम गरेकाे छ । झरनाले सोमबार बकैया–ठिङ्गन–लटारम्भेश्वर साहित्यिक पदयात्रा सहित साहित्यक कार्यक्रम गरेकाे हाे ।
झरनाकाे २ सय ९०औँ साहित्य शृङ्खलाको अवसरमा ८० जनाको टोली सो क्षेत्रमा पदयात्रा सहितकाे साहित्यिक कार्यक्रम गरिएकाे झरनाका सचिव मसान उपासकले बताए । साहित्यिक टाेलीले लटारम्भेश्वरसम्म पदयात्रा गरी यात्राबाट फर्कनेक्रममा रचना वाचन कार्यक्रम गरेकाे हाे । कार्यक्रमलाई सचिव उपासकले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निमित्त प्रशासकीय अधिकृत मिलन दुलाल, बकैया गापा वडा नं. ८, ९, ११ र १२ का वडाअध्यक्षहरू, पुरस्कार संस्थापक तुल्सी गिरी, नेपाली भाषा शिक्षण समिति मकवानपुरका अध्यक्ष केशव सञ्जेललगायतकाे सहभागिता रहेको थियो ।
साहित्य सर्जकहरू केशव समर्पण, दीपक गौतम, चिरञ्जीवि लामिछाने, छवि अनित्य, सानु खनाल, डिबी बर्तौला, हरि पौड्याल, विशाल अधिकारी आशुतोष, यश लामा, स्वस्तिका दाहाल, अमृता लामिछाने, स्वस्तिका बानिया, प्रयासी प्रविना पौडेल लगाएत साहित्यकारहरुको उपस्थितिमा साहित्यिक रचना वाचन भएकाे हाे ।
पद यात्रामा आवश्यक आर्थिक सहयोग बकैया गाउँपालिकाको वडा नम्बर ११ र १२ का वडा अध्यक्षहरु गोपालबहादुर न्यासुर ज्ञानेन्द्र बजगाईँ गरेका थिए । मकवानपुरका साहित्यिक संस्थाहरूले साहित्यिक यात्रा, पदयात्रा, महोत्सव रचना वाचन, प्रतियोगिताहरू सक्रियरूपमा सञ्चालन गर्दै आइरहेका छन् । विभिन्न स्थानको पदयात्रा, महोत्सव, बहस, अन्तरक्रिया, स्रष्टा सम्मान तथा साहित्यिक कार्यशाला सञ्चालन गर्दै आएको साहित्यिक परिवार यस क्षेत्रको सक्रिय संस्था हो ।
भौगोलिक विकटताका कारण कठिन तर रोचक यात्रा रहने उक्त क्षेत्रमा स्थानीय तहले पैदल यात्राका लागि बाटो विस्तार, छेकबार लगायतका व्यवस्थापन तथा निर्माण कार्य गरिरहेको छ । त्यसलाई अझ सुधार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउने र अन्य स्थानभन्दा भिन्न हावापानी, हुस्सुले ढिकिरहने विशाल पर्वतहरूको सिंहावलोकनका लागि यस स्थानलाई स्तरोन्नति गर्नेतर्फ ध्यान दिइएको जनप्रतिनिधिहरूले बताए ।
बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाकाे सिमामा रहेकाे लटारम्भेश्वर पछिल्लो पटक धार्मिक पर्यटनकाे तथा पदयात्राकाे लागि रोजाईमा रहेको छ ।