मकवानपुर । दैनिक जिविको पार्जनका लागि समस्यामा पर्दै आएका परिवारका बालवालिकाका लागि हेटौंडामा निःशुल्क डिप्लोमा कम्प्युटर तालिम प्रदान गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौंडा १६ र १७ का बिपन्न परिवारका बालवालिकालाई कम्प्युटर तालिम दिइएको हो । कम्प्युटर शिक्षामा चासो राख्ने तथा बेसिक कम्प्युटर काेर्ष लिइसकेका दुई वडाका बालबालिकालाई स्थानीय कम्प्युटर शिक्षा सञ्चालन समितिले डिप्लोमा कम्प्युटर सम्बन्धी निःशुल्क तालिम दिएको हो । छ महिने डिप्लोमा तालिम सकेका १६ र १७ का बालबालिकालाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले प्रमाण पत्र हस्तान्तरण गरेकी थिइन् ।
उनले शिक्षा लिएकाहरुकाे उज्जवल भविष्यको कामना गर्दै बिद्यालय स्तरमा प्लस टु सक्ने बित्तीकै बैदेशीक मोहमा बालबालिका रहेकाले त्यसलाई रोक्नका लागि सोच्ने बेला भएकाे बताइन् । उनले बैदेशीक यात्रा होइन नेपालमा नै भबिष्य खोज्ने वाताबरण बनाउन जरुरी रहेकाे बताउँदै उपमहानगरका अन्य वडाहरुका बिद्यार्थिहरुलाई लक्षित गर्दै कम्प्युटर शिक्षा र लाईबेरीको व्यवस्थापन गर्ने बताइन् ।
त्यसक्षेत्रका कम्प्युटर शिक्षामा इच्छा राख्नेहरुलाई लक्षित गर्दै ५ वटा कम्प्युटरबाट सञ्चालन भएको तालिम केन्द्रमा अहिले १८ वटा कम्प्युटर रहेको छ । समितिले व्यवस्थापनका लागि केहि शुल्क लिएपनि बजारमा बेसीक र डिप्लोमा कक्षाका लागि लाग्ने भन्दा न्यून रहेको समितिका अध्यक्ष कृष्णबहादुर राईले बताए । दैनिक रुपमा शिक्षा लिने बिद्यार्थिको चाप उच्च रहेपनि बिद्युत व्यवस्थापनका लागि इन्भटरको समस्या रहेको बताए । तालिमका लागि समितिले २ जना प्रशिक्षकको व्यवस्था गरेको उनले जानकारी दिए ।
समितिका अध्यक्ष राईको अध्यक्षतामा भएको प्रमाणपत्र बितरण तथा डिप्लोमा कक्षा समापन कार्यक्रममा हेटौंडा १७ का वडा सदस्य कृष्ण अधिकारी, १६ का सदस्य संगिता बिश्वकर्मा, रेडक्रस सोसाईटी १६ र १७ का सभापति राजकुमार बास्तोला लगायकाले सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । समितिले दैनिक रुपमा कम्पुटरको बेसिक र डिप्लोमा कक्षा सञ्चालन गर्दै आएको छ ।