मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघ हेटौंडाको आयोजनामा राष्ट्रिय पुरुष भलिबल हुने भएको हो । आयोजक सस्थाले प्रतियोगिता जेठ १६ गते देखि २० गतेसम्म संचालन हुने हेटौंडामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
भलिबल प्रतियोगितामा राष्ट्रिय र मोफसलका गरि १० टिमले सहभागिता जनाउने आयोजक मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौलाले जानकारी दिए । प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मकवानपुर जिल्ला भलिबल टिम, बागमती प्रदेश भलिबल टिम, पाथीभरा भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, मधेस प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम र गण्डकी प्रदेश भलिबल टिमले सहभागिता जनाउने सिटौलाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम द्वितीय हुने टिमले क्रमशः २ लाख र १ लाख सहित नगद शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । यस्तै गरि सेमिफाइनल पुग्ने २ टिम लाई नगद ५०/५० हजार प्रदान गरिने आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान अध्यक्ष प्रताप बिष्टले जानाकारी दिए । यसै गरि सर्बोत्कृष्ट खेलाडी र बिधागत उत्कृष्ट खेलाडी लाई नगद पुरस्कर प्रदान गरिने बिष्टले बताए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्राचौर खेल मैदानमा हुने प्रतियोगिताको अनुमानित लागत २५ लाख रहेको सिटौलाले जानकारी दिए ।
प्रतियोगिता सह आयोजक हेटौंडा उपमहानगरपालिका भलिबल संघ थाहा नगरपालिका भलिबल संघ भिमफेदी गाउँपालिका भलिबल संघ र मकवानपुर गढी गाउँपालिका भलिबल संघ रहेका छन । मकवानपुर जिल्ला खेलकुद समिति र नगर खेलकुद बिकास समितिको समन्वयमा प्रतियोगिता संचालन हुने भएको हो ।
प्रतियोगिताको मुख्य सहयोग हेटौंडा उपमहानगरपालिका तथा बागमती प्रदेश खेलकुद बिकास परिषद, हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालय र १९ नम्बर वडा कार्यालय सहयोग रहेको सिटौलाले बताए ।
