मकवानपुर । मकवानपुरका भूमिहीन तथा अव्यबस्थित बसोबासीहरुले जनस्तरबाट सरकारकाे ध्यानाकरकर्षण गराउन थालेका छन् । निर्वाचनकाे समयमा भाेट माग्न आउँदा लालपूर्जा दिलाउने आश्वासन मात्र दिने गरेकाे बन्दै उनीहरुले नेताहरुलाई भाेट बैक मात्रै बनाइरहने कि लालपूर्जा दिने भन्दै प्रश्न गरेका छन् ।
मकवानपुरकाे पश्चिमक्षेत्रकाे मनहरी गाउँपालिकामा रहेको भूमिहीन तथा अब्यवस्थित बसोबासीहरुले जनस्तरबाट बृहद् प्रदर्शनी गरी सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले तीन किलोमिटर दूरी सडक जाम गरेरै ¥याली निकालेका छन् भने लालपुर्जा दिलाउने प्रक्रिया नै रोक्न खोज्ने पर्सा राष्ट्रिय निकुन्जलाई ऐन कानून ठूलो कि, जनताको माग ठूलो भन्दै चेतावनी दिएका छन् ।
मनहरीमा भूमिहीनहरुले सरोकारवालालाई बोलाएर मागका सम्बन्धमा प्रतिबद्धता माग गरे भने आफूहरुकाे माग पूरा नगर्ने भए मनहरी निर्वाचनमा ‘भोट बैँक’ का लागि मात्रै होइन भन्ने सन्देश दिएका छन् । संघीय सांसद महेशकुमार बर्ताैला, बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सांसद इन्द्रबहादुर बानियाँ, संविधानसभा सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, पूर्व सांसद ओमबहादुर ग्लान, कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीसहितलाई साक्षी राखेर ‘भोट बैँक’ को रुपमा मात्र मनहरीलाई नलिन चेतावनी दिएका हुन् ।
यसरी जनस्तरबाट प्रश्न उठिरहँदा नेपाली काँग्रेसका जिल्ला सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, राष्ट्रिय भूमि आयोगका अध्यक्ष समेत रहनु भएका नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष बिष्णुप्रसाद दाहाल, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य बीरबहादुर घलान ज्वाला लगायतका जिल्लास्तरका नेता पनि सहभागी थिए ।
भूमिहीनको तर्फबाट हरिचन्द्र शाही ठकुरीले संघीय सांसद, प्रदेशका मन्त्री र सांसद तथा स्थानीय सरकारलाई छुट्टा छुट्टै प्रश्न गरे ‘तपाईहरु कानमा तेल हालेर बस्नु भएको हो कि ? काम पनि गर्नुहुन्छ ?’ ‘हरेक ठाउँमा राजनीति गर्नका लागि गठबन्धन गर्न मिल्छ भने लालपुर्जा प्रदान गर्न किन गठबन्धन गर्नुहुन्न ?’ शाहीले भने । भूमिहीन सुकुम्बासी अब्यवस्थित बस्ती संघर्ष समितिका संयोजक क्षेत्रबहादुर मुक्तानले पर्सा राष्ट्रिय निकुन्जले अबरोध खडा गरेकाले अबरोध हटाएर तत्कालै लालपुर्जाको प्रक्रिया सुरु गर्नुपर्ने बताए । उनले दिखित दस्ताबेज प्रस्तुत गर्दै भने–‘राष्ट्रिय भूमि आयोग गठन भएर स्थानीय सरकारले लालपुर्जाका लागि गरेको प्रयत्नमा समेत निकुन्जको तर्फबाट पत्राचार गरी किन अबरोध गरियो ?’ यसको जबाफ भूमिहीनले खोजेकाेले सडक संघर्षको मैदानमा आफूहरु उत्रिएको उनले जानकारी दिए।
मकवानपुर क्षेत्र नं. २ का संघीय सांसद महेश कुमार बर्ताैलालले आफूले नवनियुक्त वन तथा वातावरण मन्त्रीलाई मध्यवर्तीका देशभरिका समस्या हल गर्नका लागि वार्ता गर्न समय मागेको र त्यसबेला संघर्ष समितिका प्रतिनिधिशरुलाई पनि लिएर भेट्न जाने प्रतिबद्धता जनाए । ‘म तपाईहरुले भनेजस्तो कानमा तेल हालेर बसेको छैन’, बर्तौलाले भने– ‘सम्मानित सदनमा यहाँको समस्या जस्ताको त्यस्तै उठाइरहेको छु र अब विवेक प्रयोग गरेर आपसी सहमति कायम गरी यो गाँठोलाई फुकाउनुपर्नेछ ।’
बागमती प्रदेश सरकारी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेश भरकै समस्या समाधानका लागि सरकार सक्रिय रहेको बताइन् । उनले मध्यवर्ती क्षेत्रमा पर्ने मकवानपुरका केही स्थानीय तहका वडाहरुका समस्या समाधानका लागि ऐन नै संशोधन गर्नुपर्ने अबस्था रहेको र त्यो समस्याको समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् । त्यसैगरी बागमती प्रदेश सांसद इन्द्रबहादुर बानियाँले लालपुर्जा प्राप्त हुने ठोकुवा गर्दै जनस्तरबाट कुरा उठ्न अझै ढिला भएको टिप्पणी गरे । ‘मध्यवर्ती क्षेत्रभित्रका बासिन्दाको जग्गा नापी नहुने भन्ने कुरा बाहिर आएपछि तपाईहरु तात्तिनु भएको हो’, उनले भने–‘तपाईहरु यसरी तात्तिएपछि हामीलाई पनि काम गर्न सजिलो भएको छ, हामी पनि ऐन संशोधनका लागि घच्घच्याउने छौँ ।’ बानियाँले भूमिहीनको समस्या समाधानका लागि रकम संकलन गरेर दुरुपयोग नगर्न समेत आग्रह गरे ।
संविधानसभा सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, राष्ट्रिय भूमि आयोगका अध्यक्ष बिष्णुप्रसाद दाहाल, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैला लगायतले आन्दोलनप्रति प्रतिबद्धता ब्यक्त गरेका थिए ।
मनहरी ७ मनकामना मन्दिर परिसरमा अन्तरक्रिया कार्यक्रम सुरु हुनुअघि रमन्टार र सिमपानीबाट छुट्टाछुट्टै ¥यालीको आयोजना भएको थियो । ¥यालीमा सहभागी सयौँका संख्याका भूमिहीनहरुले लालपुर्जाको माग गर्दै भ्रष्टाचार विरुद्ध समेत नाराबाजी गरेका थिए । स्वतस्फूर्त रुपमा नागरिकको तहबाट आन्दोलन थालिएको र यसले निरन्तरता पाउने संघर्ष समितिका संयोजक क्षेत्रबहादुर मुक्तानले बताए ।
मनहरीका भूमिहीन तथा अव्यबस्थित बसोबासीहरुले मुद्दामा महेश कुमार बर्तौलाले के भने हेर्नुहाेस