मकवानपुर । गाँजा छाडेर फरार रहेका ईमान सिं वाईवालाई मकवानपुर प्रहरीले २५ वर्ष पछि पक्राउ गरेकाे छ । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुर राक्सिराङ गाउँपालिका सरिखेतका वाईबालाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।
२०५५ साल असार ३१ गते बिहान ४ बजेर १० मिनेटको समयमा मकवानपुरको साविक मनहरी गाविस–८, खरंगा राप्तीखोला नजिक ४१ वटा बोरामा एक हजार पाँच केजी लागुऔषध गाँजा छाडेर ईमान फरार भएका थिए । बरामद भएको गाँजा नियन्त्रणमा लिए पनि प्रहरीले ईमानलाई पक्राउ गर्न सकेको थिएन ।
प्रहरीले बुधबार राती ८ बजेको समयमा मनहरी बजारबाट ईमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । विहीबार वाईवालाई मकवानपुर जिल्ला अदालतमा पेश गरिएकाेमा अदालताले ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।