मकवानपुर । संकटाभिमुख समुदाय सक्षम परियोजनाको सामाजिक लेखापरीक्षण तथा परियोजना समापन कार्यक्रम आज गरिएको छ ।
इटिएससी नेपालद्वारा संचालित संकटाभिमुख समुदाय सक्षम परियोजनाको सामाजिक लेखापरीक्षण कार्यक्रम मकवानपुरको मनहरीमा गरिएको हो ।
सिताराम बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललित घलानले सरकारको भुमिकामा गैससहरूको योगदान प्रशंसनिय रहेको बताए । सरकारी तवरबाट हुने काममा छुटेका समुदायलाई खोजेर सेवा प्रदान गर्न गैससहरुले अझै ध्यान दिनु पर्ने उनले बताए ।
कार्यक्रममा इटिएससी नेपालका कार्यकारी निर्देशक सुर्यप्रकाश राईले ३ वर्षसम्म चलेको उक्त परियोजनामार्फत समूदायस्तरमा घरायसी व्यवहार सन्तुलन पार्न जवाफदेहीताको विकासमा योगदान गरेको बताए । परियोजनाबाट पितृत्वको भावमा परिवर्तन ल्याइ नारीवादी आन्दोलन सघाउन कार्यक्रम प्रभावकारी भएको उनले बताए । स्थानीय लाभग्राहीको लगनशीलता, इच्छाशक्ति, उत्साहजनक भएको राइले बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका योजना बजेट महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले सरकारको कामलाई सघाउन गैससहरूको भूमिका महत्त्व भएको र लाभग्राहीहरुले आफ्नो समस्या सरकार र जिम्मेवार निकायमा स्पष्ट राख्न सकेमा सम्बोधन गर्न कर लाग्ने उनले बताए ।
स्कटाभिमुख समुदायको जीवनस्तर माथी उठाउन महत्त्व सहयता प्राप्त भएको मनहरी गाउँपालिका ५ का वडा अध्यक्ष दिपेन्द्र अधिकारीले बताए ।
कार्यक्रम इटीएससी नेपालका कार्यक्रम संयोजक जगदीश अधिकारीले संस्थाद्वारा ३ वर्षमा भएको प्रगतिबारे समिक्षात्मक जानकारी गराएका थिए । यस कार्यक्रम अन्तरगत संस्थाले गोठ निर्माण, पसलको लागि सामग्री वितरण, तरकारी खेती, कुखुरा पालन,उद्यमशील सम्बन्धि स्वनिर्भर समूह निर्माण तथा परिचालनलगायत लगानी गरेको अधिकारीले बताए ।
यो परियोजना मकवानपुर जिल्लाको ३ स्थानीय तहमा सञ्चालित थियो । मनहरी गाउँपालिकाको वडा ३, ४, ५ र ६ हेटौंडा उपमहानगरपालिकाको वडा ८, ११, १६, १७, १८ र १९ र बकैया गाउँपालिकाको वडा न. ३, ४, ६,७, ११ र १२ मा सञ्चालित रहेको इटीएससीकी उषा मगरले बताइन् ।
कार्यक्रममा इटिएससी नेपाल बोर्ड सदस्य ठकुर सिं लामा, मनहरी गाउँपालिका कृषि प्राविधिक उज्वल राना मकवानपुर बकैया गाउँपालिका वडा अध्यक्षहरु, माइती नेपाल मकवानपुर, हिमराइट्स मकवानपुर, साना हातहरु नेपालका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय लाभग्राही समूदाय व्यक्तिहरुको उपस्थिती रहेको थियो ।