मकवानपुर । मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा गौरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
आज बिहान नाम थर नखुलेको महिलालाई ठक्कर दिदा मृत्यु भएको हो । महिलाको हेटौंडा अस्पतालका डाक्टरहरुले मृत घोषणा गरेका थिए । बस र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।