मकवानपुर । तिम्रो माया मुटुमा राखी बोलको गीत सार्वजनिक भएको छ । कमान सिं घलानको शब्द रहेको गीतको लिरिकल भिडियो घलान कै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
सुर्य मुक्तानको स्वर रहेको गीतमा बिक्राम थापाको सङ्गीत र सुदिप कार्कीले एरेन्ज गरेका छन । हार्मोनिक स्टुडियोमा रेकर्ड भएको गीतमा बिजय राज भुर्तेलले सम्पादन गरेका छन ।
मकवानपुर कैलाशका स्थायीवासी युवा कमानको गीतमा बाध्यतामा परदेशिएकाको बियोग समेटिएको छ । युवालाई स्वेदशमै परिश्रम गर्न आफूले सन्देश दिन चाहेकाे उनले बताए ।