मकवानपुर । अपाङ्ग सरोकार केन्द्र मकवानपुरको आयोजना तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा २ दिने उद्यमशीलता तालिम हेटौंडामा सुरू भएको छ ।
स्वरोजगारको लागि व्यवसायिक सीप र अवधारणा प्रदान गर्न विभिन्न प्रकारको अपाङ्गता भएका २० जना तालिममा सहभागी छन् ।
अपाङ्गता भएकाहरूलाई आर्थिक क्षमता विकास गराउने उद्देश्यले व्यवसाय सन्चालनको लागि पुर्वतयारी सैद्धान्तिक तालिम प्रदान गरिएको अध्यक्ष गणेश दवाडीले बताए । ‘तालिमपछि आगामी दिनमा कुन व्यवसायतर्फ लाग्ने भन्ने र आत्मानिर्भर बन्ने भन्नेबारे उहाँहरूलाई परिकल्पना बनाउने सफल हुनुभएको छ‘ अध्यक्ष दवाडीले भने ‘तालिमले सहभागीलाई आत्मनिर्भरता पनि बढाएको प्रतिक्रिया दिनुभएको छ।‘
तालिममा सहभागीलाई कमला नेपालीले स्थानीय कच्चापदार्थबाट उद्यम गर्न सकिने आधारहरूबारे सहजीकरण गरेकी थिइन् ।
तालिममा सरोकार केन्द्रका अध्यक्ष दवाडीले सफल व्यवसायी बन्नको लागि आवश्यक गुणबारे सकारात्मक प्रयास तथा चरीत्रमाथी चर्चा गरेका थिए ।