मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले १ वर्षकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित पदाधिकारीहरुकाे कार्यकाल १ वर्ष पुगेमा प्रगति विवरण सार्वजनिक गरेकाे हाे । गत वर्ष जेठ ५ गते पदभार ग्रहण गरेका जनप्रतिनिधिहरुकाे १ वर्ष कार्यकालकाे प्रगति विवरण सोमबार एक कार्यक्रमका विच सार्वजनिक गरिएकाे हाे ।
२०७९ सालकाे स्थानीय तहकाे निर्वाचन भएका जनप्रतिनिधिहरुले सार्वजनिक जवाफदेहितालाई महत्व दिदै गाउँपालिका कार्यालय र पालिकाका ९ वटै वडा कार्यालयबाट चुस्त रुपमा सेवा प्रवाह भइरहेकाे प्रगति विवरण सार्वजनिक कार्यक्रममा बताइएकाे छ ।
यसैगरी नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन २०७४ स्थानीय सरकारलाई दिएकाे एकल अधिकार र ती अधिकार क्षेत्र भित्र रहेर निर्वाचित जनप्रतिनिधिहरुबाट घरदैलोमा सेवा प्रवाह लगायत विकास क्रियाकलाप संचालन गरिएकाे पालिकाले जनाएकाे छ ।