मकवानपुर । मकवानपुरकाे हर्नमाडीको ऐतिहासिकता समेटिएकाे हर्नामाडी मकवानपुर बाेलकाे गीत र म्युजिक भिडियो सार्वजनिक भएकाे छ । हाल हेटौडा १८ हर्नामाडी (तत्कालिन हर्नामाडी गाविस) तथा यस स्थानसँग जोडिएका ऐतिहासिक महत्व गीतमा समेटिएको छ ।
हर्नामाडीका स्थायी बासिन्दा समेत रहेका ओकिलराज बानियाको युवट्युव च्यानल मार्फत सार्वजनिक गीत मकवानपुरकाे ऐतिहासिक गढी दरबार, राजदेवी मन्दिर, हर्नामाडी फाँट, गुम्बाडाडा लगायतका स्थानमा छायाङ्कन गरिएको छ । गीतको शब्द रचना ओकिलराज बानियाँले गरेका हुन भने स्वर गीतकार बानियाँ र अस्मिता थापाको रहेको छ ।
गीतमा सुमन तामाङ नेटिभ स्टुडियोले संगीत भरेका छन भने गीतको म्युजिक भिडियोमा नृत्य निर्देशक प्रनिश घिमिरे रहेका छन । गीतकार बानियाँले निर्देशन गरेको भिडियोमा क्यामरा तथा सम्पादन मनोज दाहालले गरेका छन ।
मकवानपुर गढिदरबार राजदेवी मन्दिर गुफास्थान हर्नाफाँट लगाएतका क्षेत्रको महत्व दर्शाइएको भाव रहेको गीतको भिडियोमा बानियाँसहित अस्मिता भट्टराई, मनिशा क्षेत्री, सबिना खतिवडा, लक्ष्मी घलान, प्रमिश अधिकारी, स्वस्तिका बानियाँ, आशिष बिक, सुस्मिता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन ।
गीतकार बानियाँका अनुसार सेन वंशीय राजाले राज्य गरेकाे हर्नामाडी लगायतकाे क्षेत्रकाे ऐतिहासिक महत्व नयाँपुस्तालाई बुझाउन तथा प्रचार प्रसारकाे लागि गीतले सहयाेग पुग्नेछ ।