मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय फुटाउने तयारी देखिएको छ । आज ३ बजे सरकारले पुर्णता पाउने छ । जसमा एक मन्त्रीलाई मन्त्रालय पछि तोकिने गरि आजै सपथ गराइदै छ ।
झण्डै २ महिनादेखि अधुरो रहेको प्रदेश सरकारले आज पुर्णता पाउदै छ । समाजवादीलाई २ र नेपाली कांग्रेसलाई ४ मन्त्री दिइएको छ ।
आज नेकपा समाजवादी डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा सपथ लिदैछन ।
यसैगरी नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिदैछन ।
काँग्रेसका उपनेता रामकृष्ण चित्रकारलाई मन्त्रालयको जिम्मेवारी पछि तोकिने गरि आजै मन्त्री नियुक्त गरिदै छ ।