मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१४ मा रहेको भृकुटी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार मोक्तान सर्वसम्मत चयन भएका छन् ।
उनी दोस्रो कार्यकालको लागि चयन भएका हुन् । व्यवस्थापन समिति सदस्यहरुमा वडा प्रतिनिधिबाट १४ नम्वर वडा सदस्य विना थिङ , विद्यालय प्रतिनिधिबाट विद्यालयका प्रधानध्यापक अच्युत कृष्ण रिजाल, निशा गुरुङ, जगत बहादुर सिन्तान, राम बहादुर भ्लोन, पार्वती लोप्चन, सुनामाया पाख्रिन सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिको सल्लाहकारहरुमा रामबहादुर रुम्बा र विजयी थिङ् चयन भएका छन् ।
वि.स २०७७ सालमा अध्यक्ष भएका अध्यक्ष मोक्तानले दोश्रो कार्यकालसम्म जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउन र विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे । अध्यक्ष मोक्तानले यसअघिको पहिलो कार्यकालमा कोभिडका कारणले गर्न नपाएका कामहरु दोश्रो कार्यकालमा गर्ने समेत बताए । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा ३ सय ३० भन्दा बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।