काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको हाे । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको छ ।