भ्रष्टाचारविरूद्ध साहित्यकार: भ्रष्टाचारविरूद्ध मकवानपुरका साहित्यकारले सडकमै रचना सुनाए । भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा सर्जक सञ्जाल मकवानपुरको आयोजनामा ७ दिने सडक रचना वाचन अभियान संचालन गरेको हो । बैशाख ३१ गते आइतबारदेखि सुरु भएको सडक रचना वाचन अभियान जेठ ६ गतेसम्म हेटौंडाका विभिन्न स्थानमा गरिने सर्जक संजाल मकवानपुरले जनाएको छ । तस्बिर: आरपी गुरागाई/सहिखबर
भ्रष्टाचारविरूद्ध साहित्यकारको सडक आभियान
