मकवानपुर । साहित्यकार अन्जना पौडेलको ‘चरीमाई’ उपन्यास सार्वजनिक भएको छ ।
शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनले आयोजना गरेको कार्यक्रममा प्राडा विन्जु शर्माले चरीमाई उपन्यासको विमोचन गर्दै सार्वजनिक गरिएको हो ।
उपन्यास सार्वजनिक गर्दै प्राडा शर्माले ‘चरीमाई’ उपन्यास चेलीबेटी बेचबिखनविरुद्धको सशक्त उपन्यास भएको टिप्पणी गरिन । इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको उपन्यासमा चेलीबेटी बेचबिखनका विषय प्राथमिकताका साथ समेटिएको बताइएको छ ।
‘चरीमाई’ कि लेखक पौडेलले आफ्नो उपन्यास बेचिएका हजारौँ दिदिबहिनीहरुको न्यायको लडाइँमा आफैँलाई आहुति दिने सम्पूर्ण चेलीहरुप्रति समर्पण गरेका छन । पौडेलले चरीमाई बेचबिखनमा परेका सीमान्तकृत चेलीहरुको सामूहिक स्वर भएको बताइन् ।
उपन्यासमा भूमिकामा साहित्यकार कृष्ण धरावासीले लेखेका छन् “आज पनि ग्रामीण चेलीहरु देशभित्रकै शहरका होटलहरुमा ओछ्यान बन्न बाध्य छन् । भारतका यौन बजारहरुमा बेचिरहेका छन् । यस्ता बेतामा यही विषयलाई केन्द्रमा राखेर बारम्बार सम्झाइरहने काम चाहिँ लेखकहरुकै हो, यो पुस्तकले पनि त्यही काम गरेको छ ।”
बिशेषत कथा, कविता, हाइकु, मुक्तक र गीत लेखनमा सकृय श्रष्टा पौडेलको पहिलो उपन्यास चरीमई बजारमा आएको हो ।
शताब्दी साहित्य प्रतिष्ठानको अध्यक्ष पौडेलको यस अघि कथा सग्रह जव वेदना फूल बन्यो २०६०, हाइकू संग्रह हिउँ खस्ने पर्वत,२०६३ र आरु बारीको फूल,२०७० प्रकाशित छन ।
तीज, दोहोरी र आधुनिक गीत लेखनमा समेत सकृय पौडेलको सबै बिधाका गरेर एक दर्जन गीत रेकर्ड भएका छन । उनको मनको मान्छे बोलको आधुनिक गीत आनन्द कार्कीको स्वरमा गत पुसमा युटुवमा सार्वजनिक भएको थियो ।
लेखनका साथ साथै विद्यावारिधि गरिरहेकी पौडेल प्राध्यापक पेशामा आबद्ध छिन ।