मकवानपुर । शैक्षिक गुणस्तर सुधारमा जनप्रतिनिधिले ध्यान दिनु पर्ने हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन । प्राथमिक शिक्षकलाई एकीकृत पाठ्यक्रम प्रवोधिकरण कार्यक्रममा वडा अध्यक्ष सिग्देलले स्थानीय तहले शिक्षामा पर्याप्त बजेट विनियाेजन गर्नुपर्ने बताए।
‘नगरलाई समृद्व र उत्कृष्ट बनाउन शिक्षालाई उत्कृष्ट बनाउनु पर्छ’ सिग्देलले भने -‘भाैतिक विकाससंगै शिक्षा, स्वास्थ्य, खेलकुद, राेजगारी उत्पादनसम्बन्धी क्रियाकलाप समेत संगै गरिनु पर्छ ।’ शैक्षिक सुधार समिति, हेटाैँडा ४ का संयाेजक तथा श्रमिक माविका प्रधानध्यापक श्रीराम दाहालले निरन्तर क्रियाकलाप, प्रतिस्पर्धा र समन्वयकाे माध्यमद्वारा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न समिति लागिपरेकाे बताए । कार्यक्रममा वडाले शैक्षिक सुुधारकाे लागि गरेकाे विभिन्न गतिविधि र भावी याेजनाबारे समेत जानकारी गराईएकाे थियाे ।
हेटौंडा ४ नम्बर वडा शैक्षिक समितिले प्राथमिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी प्रवोधिकरण गरेको हो । प्राथमिक तहमा नेपाली, अंग्रेजी, सेरोफेरो, विज्ञान र गणित विषयको एकीकृत पठनपाठन प्रभावकारी रहने भएकोले शिक्षकलाई नै प्रशिक्षित गरिएको हो ।

४ नम्बर वडामा ३ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय छन् । कार्यक्रममा ८ वटा विद्यालयका ७० जना शिक्षकको सहभागिता रहेको बताइएको छ । एकीकृत पाठ्यक्रमसम्बन्धी प्रवोधिकरणमा नेपाली विषयको वेदराज कोइराला, सामाजिक र सेरोफेरो विषयको राम सागर गुरागाई, अंग्रेजी विषयको सूर्यप्रसाद घिमिरे, गणित विषयको दीपक अधिकारी र विज्ञान विषयको सुवास खनालले सहजीकरण गरेका छन ।
वडा शैक्षिक सुधार समितिका अध्यक्ष एवम् श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष माेहमद समिम,भुटनदेवी माविका प्रअ माधव दाहाल, आधुनिक माविका सप्रअ मालती पाेखरेल, वडा सचिव टीका कंडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।