मकवानपुर । भेटेरेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र हेटौंडाले आगामी आर्थिक वर्षको योजना तर्जुमाको लागि स्थानीय तह, जिल्ला स्थित संचालित आयोजना परियोजनाहरूको प्रमुख तथा प्रतिनिधिहरूसँग कार्यशाला गोष्ठी गरेको छ ।
गोष्ठीमा सहभागी पशुपालक किसान, सहकारीकर्मीहरूले किसान लक्षित कार्यक्रमको लागि बजेट छुट्याउन माग गरेका छन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख गंगा चौलागाईंले किसानको चाहेको कार्यक्रम लागू गर्दा किसानको हित र प्रोत्साहन हुने बताइन् । यसको लागि बजेट योजनापूर्व नै किसानले सम्बन्धित कार्यालयमा आफ्नो सुझाव दिनुपर्ने चौलागाईंले बताइन् ।
व्यवसायीक किसानहरूलाई मारमा नपर्ने गरि पशु स्वास्थ उपचारमा पहुँच विस्तार गरिनु पर्ने मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुन दाहालले ।
कार्यक्रममा उठेका सवालहरूलाई कार्यालय प्रमुख प्रभात न्यौपानेले सम्बोधन गरेका थिए । आगामी कार्यकालामा किसानको सुझाव अनुसारको कार्यक्रम लागू गर्न कोसिस गरिने न्यौपानेले बताए । आगामी आर्थिक वर्षको लागि कार्यक्रम बनाउन गोष्ठीले मार्ग निर्देशन गरेको उनले बताए ।
कार्यक्रममा मकवानपुर जिल्लाको १० वटै स्थानीय तहका पशु शाखा प्रमुख, व्यवसायीक पशुपालक किसानहरू, सहकारीको प्रतिनिधिहरूको उपस्थिति रहेको बिज्ञ केन्द्रका पशु सेवा प्राबिधिक प्रदीप सापकोटाले बताए । कार्यक्रममा केन्द्रका योजना शाखा प्रमुख डा. आभाष कोइरालासमेतको उपस्थिति थियो ।