मकवानपुर । मकवानपुरको हेटौंडामा स्वदेशी सुपर मार्केट खुलेको छ । सुपरमार्केट आधिकारीक रुपमा विहीबारबाट सन्चालन हुने छ ।
जमादार ग्रुपको परियोजना अनुसार स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याइएको हो । हेटौंडा २ कान्तिराजपथ स्थित जमादार टेडिङको स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याइएपछि बुधबार पत्रकार सम्मेलन मार्फत आधिकारी उद्घाटन तथा सुपरमार्केटको विशेषता बारे निर्देशक अमित अग्रवालले जानकारी गराएका थिए ।
अमित मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष कृष्णकुमार गूप्ता अग्रवालका छोरा हुन् । लामो समय अमेरिका बसेर फर्केका अमितले अब स्वदेशमै केही गरौं भन्ने लागेर यो व्यवसाय सुरु गरेको बताए ।
सुपरमार्केटको भोली बिहीबार प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेसका नेतृ डा आरजु राणा देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, हास्य कलाकार जितु नेपाल र मिस नेपाल २०१० सदिक्षा श्रेष्ठको सहभागिता रहने बताइएको छ ।
करिब २ करोडको लगानी रहेको सुपरमार्केटमा स्वदेशी सामग्रीहरु पाइनेछ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई समर्थन गर्ने लक्ष्य रहेको अग्रवालले बताए ।
‘सुपरमार्केटमा खाद्यवस्तुदेखि कपडा, घरको सजावट र व्यक्तिगत हेरचाहको सामग्रीहरु सुपथ मूल्यमा पाउन सकिनेछ । नेपाली उत्पादन र प्याक गरिएका उत्पादनको प्रवद्र्धनले थप आत्मनिर्भर र दिगो अर्थतन्त्र निर्माणमा सघाउ पुग्ने कृष्णगुप्ता अग्रवालले बताए ।
सुपरमार्केबाट प्राप्त नाफाको निश्चित प्रतिशत ट्रष्टलाई प्रदान गरिने बताइएको छ । ट्रष्टको घोषणा समेत सुपरमार्केटको उद्घाटनमै हुने निर्देशक अमित अग्रवालले बताए । उद्घाटनको दिन विभिन्न लक्की ड्रमा पुरस्कारहरु समेत राखिएको छ ।