मकवानपुर । हेटौंडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको विराट ज्ञान महायज्ञको बुधबारबाट सुरु भएको छ ।
हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समितिमा महायज्ञको सुरुवात गरिएको हो । महायज्ञको पहिलो दिन कलश यात्रापछि महायज्ञको सुरुवात गरिएको गोरक्षेश्वर विकास समितिका अध्यक्ष एवम् संरक्षक अजयराज सुमार्गीले बताए ।
हरेक ५ वर्षको अन्तरालमा बैशाख १ गते नयाँ वर्षबाट सुरु हुने महायज्ञ यो वर्ष बृहष्पति अस्थ भएका कारण बैशाख २० गतेबाट सुरु गरिएको हो । यसअघि २०६० साल २०६५ साल २०७० साल २०७५ सालमा महायज्ञ आयोजना गरिएको थियो ।
पाँचौं संस्करणको रुपमा २०८० बैशाख १ गतेदेखि गर्ने सम्पूर्ण तयारी भएपनि बैशाख २० मा महायज्ञ सारिएको समितिका अध्यक्ष सुमार्गीले बताए ।
महायज्ञ शुभारम्भ समारोहमा बोल्दै पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले विराट् महायज्ञ मौलिकता संरक्षणतर्फको सर्वोत्तम कार्य भएको टिप्पणी गरे। हाम्रो देशको मौलिकता संरक्षण गर्नका लागि आवश्यक परे संविधान संशोधन गर्न पनि ठूला दल तयार हुनुपर्ने उनले बताए । “संविधानलाई संशोधन गरेन भने कुरूप हुन्छ, मौलिकता संरक्षणका लागि आवश्यक प-यो भने संविधान संशोधन पनि गर्नुपर्छ” उनले भने । यसका लागि प्रचण्ड, देउवा, ओलीसहितका सबै नेताहरूलाई उनले अनुरोध गर्दै भने “मौलिकता संरक्षणका लागि एकमुख हुनुहोस् ।”

कार्यक्रमका राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले आफूहरू नेपाललाई बैदिक धर्मसहितको धार्मिक राष्ट्र बनाउन कम्मर कसेर लागेको उल्लेख गर्दै सबैलाई साथ दिन अपिल गरे । यस्तै मकवानपुर १ बाट निर्वाचित राप्रपाका संघीय सांसद दीपकबहादुर सिंहले धर्म, परम्परा, संस्कार र रीतिरिवाजलाई बेवास्ता गरेर कुनै पनि मुलुक अघि बढ्न नसक्ने बताए।
उनले धर्मसंस्कृतिको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गरे। राष्ट्रियसभाका पूर्वसदस्य रामनारायण बिडारीले राजनीतिभन्दा धर्मको क्षेत्र फराकिलो हुने तर्क गरे । महायज्ञ मूल आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले धार्मिक र अध्यात्मिक जागरणका लागि पञ्चवर्षीय महायज्ञ आयोजना गरिएको बताए। ‘
समितिका अनुसार महायज्ञमा पितृको सम्झनामा करोडौँ दीप प्रज्वलन गर्नुका साथै महाआरती एवं महिलाबीच मात्रै गीता वाचन प्रतियोगिता पनि गरिनेछ ।

महायज्ञ अनन्त श्रीविभुषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा.सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने महायज्ञमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यबाट भक्तिसंगीतमय श्रीमद्भागवत कथा प्रवचन हुनेछ ।
महायज्ञमा विभिन्न धर्म संस्कृतिका आचार्य गुरुहरु, सामाजिक व्यक्तिहरु एनआरएनसँग सम्बन्धित राष्ट्रिय÷ अन्तर्राष्ट्रिय व्यक्तिहरु, समाजसेवी, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, उद्योगपति, व्यवसायीलगायत नेपालका अन्य जिल्लाबाट समेत विशिष्ट व्यक्तिहरुको सामुहिक उपस्थिति रहने सुमार्गीले जानकारी दिए ।
पछिल्लो चरणमा धर्म संस्कृति र परम्परा लोपोन्मुख हुँदै गएको हुँदा त्यसलाई जोगाउन यो महायज्ञले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । यो महायज्ञमा लिने भन्दा पनि दिने महायज्ञ भएको हुँदा सबैले खुला मनले महायज्ञमा सहभागी हुन आग्रह समेत उनले गरे ।
महायज्ञ हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समिति परिसरमा बैशाख २० देखि २६ गतेसम्म आयोजना हुनेछ । बुधबारको खैजडी भजन, डाण्गिया नृत्य, झाँकीसहित अभुतपुर्व अलौकिक शान्तिशोभा कलशयात्रा गरिएको थियो ।
बैशाख २१ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, होमहोमादी, विश्वस्तुति, ८ बजे मण्डव पुजन तथा पाठ पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, महाआरती, ५ बजेदेखि खैंजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुनेछ ।

बैशाख २२ गते तेश्रो दिन बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रहनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म खैँजडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुने जनाएको छ ।
बैशाख २३ गते बिहान सबैकार्य पुर्ववत दिवकार्य पुर्ववत् अपरान्ह ३ बजे विश्वशान्तिको कामना सहित बाजागाजाका साथ नगरपरिक्रमा बुद्धचोक हेडम्बीचोक, मानसचोक, संगमचोक, कान्तिराजपथ हुँदै शीतल महलचोक, मेनरोड भुटनदेवी चोक हुँदै अखण्ड हरिकिर्तन चोकमा दीप प्रज्वलन साँझको कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।
त्यसैगरी, बैशाख २४ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, शिववस्तुति, ८ बजे ब्रतवन्ध कार्यक्रम तथा पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती, ५ बजेदेखि खैँजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजनकिर्तन हुने जनाएको छ ।
बैशाख २५ गते बिहान ५ बजे वेदध्वदिन, विष्णुसहस्रनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपाराण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, साँझ ६ बजे राप्तीतटमा सवा ५ बजे दीपप्रज्वलन हुनेछ भने महायज्ञको अन्तिम दिन बैशाख २६ गते बिहान ७ बजे कथावाचन, ११ बजे तिलार्चना, पुर्णाहुति, समापन कार्यक्रम, पुरस्कार वितरण सामुहिक भोजनसहित विदाई कार्यक्रम हुने आयोजक समितिका महासचिव ह्याग्रीव आचार्यले जानकारी दिए । तस्बिर: पत्रकारहरु निशा गुरुङ र मनिता राना