‘विश्वका मजदुर एक हौं’ भन्ने नाराका विश्वभर आज मे दिवस अर्थात् मजदुर (श्रमिक) दिवस मनाइँदैछ । आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । करिब एकसय ३० वर्ष अघिदेखिको इतिहास बोकेको श्रमिक दिवसले श्रम गरेर खाने वर्गको प्रतिनिधित्व गर्दै अघि बढेको पाइन्छ ।
नेपालमा वि.सं. २००७ देखि श्रमिक दिवस मनाउन थालिएको हो । २००३ सालदेखि विराटनगर जुटमिलको मजदुर आन्दोलन हुँदै २००९ सालको न्यून वैतनिक कर्मचारीहरूको आम हड्तालले श्रमिकको पक्षमा ठूलो उपलब्धि हासिल गरेको थियो । विश्वमा औद्योगिक क्रान्तिसँगै उद्योग कलकारखानाको विकास तिब्र बन्यो । औद्योगिक विकासको क्रम बढ्दै जाँदा मजदुर र मालिकबीचको विभेद पनि बढ्न थाल्यो ।
मजदुरहरुमाथि आर्थिक शोषण हुन थाल्यो । उद्योग, कलकारखानाका मालिक धनी बन्दै जाने र मजदुरलाई दुईछाक खान पनि धौधौ पर्ने अवस्था बनेपछि सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा मजदुर आन्दोलन सुरु भयो । मालिक र मजदुरबीचको असमानता हटाउने उद्देश्यले कामको निश्चित समय र उचित पारिश्रमिकको माग गर्दै सुरु भएको मजदुर आन्दोलन चर्कंदै गयो । आन्दोलनरत मजदुरसँग मालिक झुक्न बाध्य बने र मे १ तारिखका दिन मजदुरको मागको सम्बोधन भयो । यसैको खुशीयालीमा सन् १८९० देखि प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर श्रमिक मजदुर दिवस मनाउन थालियो ।
सन २००९ देखि निरन्तर गोर्खा लाहारी प्रालिमा श्रमिकको रुपमा कार्यरत अर्धदक्ष मेरो श्रीमान २०७९ वैशाख २३ गते उद्योगमा श्रम गरिरहेको अवस्थामा एक्कासी स्वासप्रश्वास तथा छातीको दुखाई सहन नसकी पूरा काम नै नगरी विदा लिई अस्पतालका लागि दौडिएको कुरा आजको श्रमिक दिवसले झसक्क सम्झाइदियो । श्रमिक दिवसको लागि र्यालीमा हिड्नका लागि एक हप्ता अघिदेखि चुरफुर गर्ने, ट्रेड युनियनको झण्डाका लागि बासका सिन्का तयार पारी झण्डा समेत बनाएर कता कता लगिरहन्थे तर श्रीमानको त्यो चहलपहल यो साल छैन ।
यो भागादौडमा छोराछोरीको परीक्षा, स्वास्थ्य स्थिति, खानपानको राम्रोसँग ख्याल समेत राख्न सकिएन । छोराको रिजल्ट लिएर आउँदा चसक्क हुन्थ्यो मन । कति विषयमा फेल हुन्थ्यो । कुनै विषयमा त १ अंक समेत ल्याएको रहेछ । उपाय ट्युसन बाहेक अर्को थिएन । छोरी विहान ७ बजे स्कुल गएर फर्कदाँ साँझ ६/७ बजेकाे हुन्थ्याे। उसकाे पढाइ के कस्तो छ सम्म सोध्न भ्याउदिन थिए म । कुनै विषयको प्रश्न सोधी भने ममा एक किसिमको चिडचिडापन सुरु हुन्थ्यो र स्वयं समाधान गर्न बाटो सम्म देखाइदिन्थेँ ।
अस्पतालमा हिडेका श्रीमानको छातिको पिडा कम हुने नामै लिएन । लगातार विरामी नै परे, छातिमा गहिरो दुखाई अनि खोकी र श्वासप्रश्वास समस्या भएर २ दिन सम्म हेटौडा अस्पताल र चुरेहिल अस्पतालको बास भयो । चुरेहिलले कि भरतपुर कि त काठमाडौं जाने सल्लाहा दिए, तर अचानक कहाँ जाने, कसरी जाने अत्तो पत्तो नभएका हामी यक शुभचिन्तक स्वास्थ्यकर्मीको सल्लाहामा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर पुग्यौँ । त्यहाँ श्रीमानकाे उपचार सुरु भयो । सामान्य कमाई, खान लगाउन आफ्नो हिसाबले चलिरहेको तर बचत भने शुन्य भएको हाम्रो जस्तो मध्यम वर्गीय परिवारलाई स्वास्थ्यमा खर्च गर्न पसिना नै छुट्छ । हाम्रो पनि सुरुमै पसिना छुटिसकेको थियो ।
आफ्नो जागिरमा पारिवारिक स्वास्थ्य सेवा सुविधा नभएको र श्रीमानको सामाजिक सुरक्षा कोषले केही सुविधा दिन्छ कि वेवसाइट हेर्ने तथा ऐन कानुन पल्टाउन थालेँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले स्वास्थ्य उपचारमा खर्च भएको ६० प्रतिशत दिने रहेछ, केही श्वास र आश पलायो । यो सत्य हो या हैन चेक गर्नकाे लागि हेटौडा अस्पताल, चुरेहिल अस्पतालको जम्मा जम्मी २० हजारको विलहरु सहित उद्योगबाट फर्म भराएर खामबन्दी गरी सामाजिक सुरक्षा कोषको कार्यालयमा पठाएँ । त्यसकाे केही समय पछि करिव ७ हजार खातामा रकम आयो । ऐनमा लेखिएको कुरा केही सत्य रहेछ तर पूर्ण हैन भन्ने विस्वश्त भए म । २० हजारको ६०% का दरले ७ हजार हुने रहेछ ? मनमा प्रश्न भएपनि पैसामा खासै ध्यान गएन । घरमा अर्को तनाव थपिसकेको थियो, आशाको केन्द्र कोषले निराशा थपिदिसकेको थियो ।
यता श्रीमानलाई करिव एक महिनापछि आएको बायस्पी रिपोटले एडभान्स लेभलको क्यान्सर प्रमाणित गरिसकेको थियो । आफ्नो सन्चयकोष र सहकारीमा गरेर करिव ७ लाख रुपैयाँ ऋण निकालेँ, बाँकी अन्य नपुग खर्चका लागि आफ्नो तलब थियो । उपचारको क्रममा भागदौडमा रहेका हामीलाई श्रीमानको अफिसले तारन्तार कल गरिरहेकौ थियो र अफिस आउन दवाव दिन थाल्यो । श्रीमानकाे अफिस जान सक्ने अवस्था थिएन । म पहिलो पटक उक्त उद्योगको गेट भित्र प्रवेश गरेको थिएँ । चुरोटको गन्ध चारैतिर थियो । मेरो लागि उक्त गन्ध सह्य थिएन तर श्रीमान यस्तो उद्योग भित्र कसरी काम गर्छन त्यो मलाइ उहाँको कार्यालयको पोशाक धुँदानै चाल थियो । उद्योगको प्रशासनमा गएँ र अस्पतालका सवै कागजपत्र लगेर वुझाईदिए, ती अधिकृत भन्दै थिए “हामी लामो समय यो ठाउँ यसरी ओगट्न सक्दैनौ विचार गर्नुहोस ।” उनकाे भनाइको मतलव थियो जागिरबाट निकालिनेछ । मेरो लागि ति अधिकृतका शब्दहरुले महत्व राखेन ।
मेरो तनाव अर्कोतिर केन्द्रित थियो, आफ्नो अफिस, घर, केटाकेटी, श्रीमान, अस्पताल, औषधिको जोहो, अफिसमा बिदा लिईरहनुपर्ने वाध्यता, घरको परिवारको बेवास्ता सबको भुमरिमा म एक्लो थिएँ । श्रीमानकाे केमो सुरु गरियो । त्यसपछि पनि पुनः करिव ८० हजारको खर्च विवरण सहित कार्यालयबाट अधिकृतको हस्ताक्षर सहितको फारम भरि पठाईयो कोषको कार्यालयमा, केही समयमा करिव ३७ हजार रकम खातामा आयो, केहि राहत महशुस भयो । एवम् रितले ३ वटा केमो साइकल सकिय पश्चात् उद्योगमा पुन कागजपत्र सहित श्रीमान स्वयं उपस्थित भए । त्यसपछि पुन ३ वटा केमो थेरापी गरियो । केमो साईकल सकियपछि चिकित्सकले डोटाटाटे स्क्यान गर्न भने यो कुन चराको नाम हो अत्तो पत्तो भएन । कहाँ चेक हुन्छ त्यो पनि था भएन ।
ऐन कानून एकातिर अनि वेथिति अर्कोतिर भएको यो परिपाटिमा न्यायिक प्रक्रियामा जाने हामीसँग न समय थियो न उर्जा नै । बोल्नका लागि शब्दहरु निस्कने अवस्था थिएन । घरमा हर समय एक किसिमको सन्नाटा जस्तै छाउँथ्यो । घर बाहेकका स्थानहरुबाट आउने प्रश्नको उत्तर दिँदा दिँदा वाक्क हुन्थे म । बस शुन्यता बाहेक केहि हुन्थेन मस्तिष्कमा तर पनि विरामीको अगाडी बलियो बनिदिनु पर्थ्यो, हासीदिनुपर्थ्यो ।
गुगलभरि खोजियो पेट स्क्यान भन्दा एडभान्स लेभलको स्क्यान रहेछ तर नेपालमा नहुने सुनिश्चित भइयो । त्यस पश्चात् एक पटक अर्को डाक्टरलाई देखाउने सल्लाह बमोजिम अमेरिकामा वस्ने नेपाली मुलका तर नेपाल आउँदा केही केहि नेपालीहरुको उपचार गर्ने डाक्टरलाई देखायौँ । ती डाक्टरले उक्त टेस्ट नगर्न भन्दै नानाथरिको टेस्ट लेखिदियर खर्चको बोझ वढाईदिए । अरु केहि गर्न नपर्ने ३/३ महिनामा सिटि स्क्यान गरेर बस्दा हुन्छ भने । त्यसपछि एक किसिमको ढुक्क भएको थियो तर मन न हो कहाँ मान्थ्यो र ढुक्क भएर बस्न । करिव १०/१२ दिनपछि काम सुरु गर्ने अभिलाषाका साथ उद्योग गए श्रीमान तर चिकित्सकको अनुमति लियर आउनुपर्ने भन्दै पठाईयो । पुनः अस्पताल गएर सीटी स्क्यान गर्दा अस्पतालले अप्रेसन गर्नु पर्ने भन्यो । चिकित्सकको अनुमति लिन गएका हामी अप्रेसनमा व्यस्त भयौँ । अप्रेसन सकेर घर आएको ३/४ दिनमा स्पष्टीकरण सोधिएको पत्र आयो घरमा ।
उद्योगमा उपस्थित नभयको प्रति उत्तर मागिएको थियो । एकातिर मानवता विहिन उद्योग, अर्कोतर्फ परिस्थिति, बेतलवी विदामा रहँदा समेत चैन नदिने उद्योगको क्रियाकलाप देखेर अति रिस उठेर आउँथ्यो । स्पष्टीकरणमा स्वास्थ्य उपचार गराउदै आएको र सो सम्वन्धमा थप जानकारी गराउने, चिकित्सकको राय धारणा पछि पठाउने सहितको भन्दै आफैँले पत्र पठाए । निरन्तर फलोअपमा रहनुपर्ने हामो बिचबिचमा अनेकन समस्याहरु आए । अस्पताल दौडनेको टुङ्गो समेत हुन्थेन । घरि फोक्सोमा पानी जमेको निकाल्न भनेर दौडियाैं, घरि घाउ पाक्यो भनेर दौडियाै, घरि शरीर शिथिल भयो भनेर दौडियाैं, घरि के के टेस्टको रिपोट देखाउन भन्दै । दिन माया मारेर मात्र पुग्दैन थियो कहिलेकाहि होटलमै बास वस्नु पर्ने हुन्थ्यो ।
यो भागादौडमा छोराछोरीको परीक्षा, स्वास्थ्य स्थिति, खानपानको राम्रोसँग ख्याल समेत राख्न सकिएन । छोराको रिजल्ट लिएर आउँदा चसक्क हुन्थ्यो मन । कति विषयमा फेल हुन्थ्यो । कुनै विषयमा त १ अंक समेत ल्याएको रहेछ । उपाय ट्युसन बाहेक अर्को थिएन । छोरी विहान ७ बजे स्कुल गएर फर्कदाँ साँझ ६/७ बजेकाे हुन्थ्याे। उसकाे पढाइ के कस्तो छ सम्म सोध्न भ्याउदिन थिए म । कुनै विषयको प्रश्न सोधी भने ममा एक किसिमको चिडचिडापन सुरु हुन्थ्यो र स्वयं समाधान गर्न बाटो सम्म देखाइदिन्थेँ । भागादौडमा चिकित्सकसँग उद्योगमा काम गर्न सक्ने नसक्ने प्रमाणित कागज बनाउनु मेरो आफ्नो मानवीयता भित्र पर्थेन ।
अप्रेसन पश्चात उपचारका सिलसिलामा सुरुदेखि पठाउन नभ्यायका सवै कागजात एकजुट गरेर कोष कार्यालयमा पठाईयो । कागजात पठाईएको करिव एक हप्तापछि कल आयो हामी यसकाे खर्च दिन सक्दैनौँ । कारण, किन नपाउने केही जवाफ आएन । पछि सोधेँ एकातिर उपचारका लागि कोषले १० लाख सम्मको उपचार खर्च दिने जस्ता न्युज आयका छन् अर्कोतिर यस्तो भन्नु हुन्छ, कुरा बुझिन मैले भनेर भन्दा तपाईंकाे विरामीको योगदान छैन, पैसा काटियको छैन त्यसैले मिल्दैन भन्यो । अब चुप लागेर वस्नु सिवाय अर्को विकल्प थिएन । तलबसहित अघि लिएका ऋण सकिसकेको थियो । अप्रेसन गरेको १ महिना पनि वितेकाे थियन उद्योगवाट पुनः पत्र आयो स्पष्टिकरण चित्त नबुझ्दो भएको कारण अवकाश गरिएको । अब हुन बाँकि यहि त थियो । श्रीमानले संधै पढिरहने श्रम ऐन पल्टायर हेरेँ, त्यहा व्यवस्था थियो बेतलवी विदा एक वर्ष लिन पाउने । एक वर्ष भित्र निष्कासन गरिए कानुनी प्रक्रियामा जान पाउने ।
ऐन कानून एकातिर अनि वेथिति अर्कोतिर भएको यो परिपाटिमा न्यायिक प्रक्रियामा जाने हामीसँग न समय थियो न उर्जा नै । बोल्नका लागि शब्दहरु निस्कने अवस्था थिएन । घरमा हर समय एक किसिमको सन्नाटा जस्तै छाउँथ्यो । घर बाहेकका स्थानहरुबाट आउने प्रश्नको उत्तर दिँदा दिँदा वाक्क हुन्थे म । बस शुन्यता बाहेक केहि हुन्थेन मस्तिष्कमा तर पनि विरामीको अगाडी बलियो बनिदिनु पर्थ्यो, हासीदिनुपर्थ्यो । उद्योगबाट छुटकारा पाएका श्रीमान नियम संगत आफूले पाउने सेवा सुबिधा लिन समेत जाने अवस्थामा छैनन् ।
एउटा श्रमिकले गम्भीर प्रकृतिको रोगको उपचारका क्रममा भोगेको यथार्थलाई सम्झदै श्रमिक दिवसको अवसरमा श्रम जीवनबाट छुटकारा पाएका श्रीमान सहित सम्पूर्ण श्रमिकहरुमा शुभकामना ।