मकवानपुर । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकोले हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार वैशाख १८ गते सोमबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशै भरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।
यसैगरी सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ
यस्तै देशै भरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।