मकवानपुर । मकवानपुर जिल्लामा जंगलको सर्प घरमा ल्याएर खेलाउने क्रममा टोकेर एक जनाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ बस्तीपुर बस्ने ३५ वर्षिय सोनु कडेलले घर नजिकै रहेको जङ्गलबाट ल्याएको सर्प खेलाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
सर्पले दाहिने हातको माझि औलमा टोकेपछी उपचारको लागी हेटौडा अस्पताल ल्याएको थियो । उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्किले बताए।