मकवानपुर । केही प्रदेशमा मौसम बदली भएको भएता पनि वर्षा कम हुँदा डडेलो लाग्नेक्रम बढेको छ । डडेलोका कारण बाताबरण प्रदुषणमा वृद्धि भएको छ । तर देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकोकोले हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली र बांकी भु-भागहरुमा आंशिक बदली देखी सामान्यतया सफा अवस्था रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार ३ वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ । आइतबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
नेपालमा वर्षाका गतिविधि कम भएको तथा डढेलोका घटनाहरुमा बढेसंगै प्रदुषण समेत वृद्दि भईरहेको महाशाखाले जनाएको छ । महाशाखाले मेघगर्जन/चट्याङ्ग,हावाहुरी, डढेलो र प्रदुषणबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु आग्रह समेत गरेको छ ।