सुख्खा मौसम सुरु भएको छ । यो समय भनेको आगलागीको प्रवल संभावना हुने समय हो । मकवानपुरमा मात्रै चैत्र महिना लागेपछि दर्जन स्थानमा आगलागी भइसकेको छ । आगलागीको कारण आवासहरु नष्ट हुन थालेका छन् भने वनजंगलमा समेत नियमित आगलागी भइरहेको छ । गएराती मात्रै मकवानपुरको दामनमा भएको बिद्युत सर्टभएर आगलागी हुंदा २ वटा घर नष्ट भएको छ । जसबाट ३५ लाखभन्दाबढी क्षति भएको प्रहरीको अनुमान छ । यसैगरी आजै हेटौंडा १८ को दुग्ध सहकारीमा आगलागी हुंदा ७ लाख क्षती भएको छ ।
प्रकोप कसैको नियन्त्रणमा हुँदैन तर मानवीय लापरवाहीकै कारण हुने आगलागी तथा डढेलो जस्ता घटनाहरुमा शून्यमा झर्न नसके पनि न्यूनिकरण र रोकथापको उपाय अलम्बन गर्न सकिन्छ । ननिभाईकन फालेको चुरोटका ठुटाहरु, वनभोजको क्रममा बालिएका आगोबाट हावाहुरीका कारण वन डढेलो लाग्न सक्छ । कतिपय ठाउँमा बर्षायाममा घाँस राम्रोसँग पलाउने, बाटो हिड्दा डर लाग्दो झाडी देखिए कै कारण तथा दाउराको अभाव पुर्ति गर्नको लागि पनि वन जंगलमा जानाजान डढेलो लगाउने क्रम बढ्दो छ । यसले डढेलोले वातावरणमा समेत प्रतिकूल असर पार्छ । एकातिर तीव्र रुपमा भइराखेको जलवायु परिवर्तनमा आगलागीले मद्दत पु-याउँछ अर्कोतिर वनमा हुने आगलागीले वन्यजन्तुको नाश गर्दछ । जुन पारिस्थितिक प्रणालीमा अर्को धक्क हो ।
सुख्खा याममा हुनसक्ने आगलागीबाट बच्ने उपाय, अग्नी नियन्त्रणको पूर्वतयारी सम्बन्धमा सम्बन्धित स्थानीय तहहरु र सरोवारवाल निकायहरुले खासै तयार रहेको गरेका देखिदैन । हिंउद तथा गर्मीयामको सुख्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना अधिक हुन्छ । सानै लापर्वाहीले पनि ठूलो क्षती हुनसक्छ, संभावित दुर्घटना र क्षतिबाट बचौं र बचाऔं ।