मकवानपुर । हेटौंडाको हुप्रचौरमा सरसफाइ अभियानको थालनी गरिएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले हुप्रचौरको वृहत सरसफाइ अभियानको थालनी गरेको छ ।
‘हाम्रो हुप्रा, राम्रो हुप्र– सफा हुप्र, सुन्दर हुप्र’ भन्ने मुल नाराका साथ शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि हुप्र सरसफाइ अभियानको थालनी गरिएको ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको नेतृत्वमा टोल विकास संस्थाहरू, जिल्ला खेलकुद विकास समिति, विभिन्न खेलकुद संगठनहरू, सामाजिक अभियान सञ्जाल, हेटौंडाका गैर सरकारी संस्थाहरू, रोटरी, लायन, जेसीज, पताञ्जली योग समिति, हिमालयन राइटस्, भेटान्स क्लबलगायतका संस्थाहरूको सहयोगमा बृहत् सरसफाइ कार्यक्रम भएको सिग्देलले बताए ।
अभियानलाई निरन्तरता दिन र हुप्रलाई सफा सुन्दर बनाउनको लागि स्मार्ट बागमती संस्थासँग ४ लाख ९३ हजारमा आगामी आषाढ मसान्तसम्म ठेक्का सम्झौता गरिएको उनले बताए ।
सरसफाइ अभियानमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य भारती पाठक, स्थानीय जनप्रतिनिधीहरु लगायतकाको सहभागिता रहेको थियो ।
