मकवानपुर । बिद्यालय बाहिर रहेका बालबालिका खोज्न अझै बाँकी रहेको एक कार्यक्रमका बक्ताहरूले बताएका छन् ।
कोर इन्टरनेशनलको आर्थिक सहयोग, मनहरी गाउँपालिकाको समन्वय तथा हिमराईट्स मकवानपुरको आयोजना भएको स्थानीय जनप्रतिनिधि तथा अभिभावक बिच अन्तरक्रिया कार्यक्रम बक्ताहरूले यस्तो बताएका हुन । हिमराइट्स मकवानपुरले विद्यार्थीलाई निरन्तर सहयोग गर्दै आएको कार्यक्रमको समिक्षा गर्दै यस्तो बताइएको हो ।
कार्यक्रममा मनहरी ३ को वडा सदस्य हिराबहादुर प्रजाले अभिभावक शिक्षाको कारण सचेतना अभिवृद्धि भई बालबालिका बिद्यालय आउन थालेको तर अझै यस्ता बालबालिका खोज्न बाँकी रहेको बताए । हिमराईट्स मकवानपुरले सिमान्तकृत चेपाङ समूदायका बालबालिकालाई बिद्यालय पोषाक, अतिरिक्त (ट्युसन) कक्षा, जाडोमा न्यानो कपडा तथा चौमासिक रूपमा खाद्यन्न समेत सहयोग गर्दै आएको छ ।
उक्त सेवा सुबिधा पाइने भएपछि बालबालिका नियमित बिद्यालय आउने गरेको र सिकाइमा समेत धेरै सुधार आएको अभिभावकहरूले कार्यक्रम बताए
कार्यक्रममा मनहरी गाउंपालिका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले सिमान्तकृत समूदायसंगै बिद्यालय बाहिर रहेका अन्य समूदायका बालबालिकालाई शैक्षिक सिकाईको दायरामा ल्याउने चुनौती रहेको बताए ।
प्रजा आधारभुत बिद्यालयको प्रध्यनाध्यापक तुलबहादुर सुनारले विद्यार्थीलाई संस्थाले सहयोग गर्न थालेपछि विद्यार्थी संख्या बढेको बताए । स्कुलमा आउनै नचाहने बालबालिका नियमित कक्षा आउन थालेको उनले बताए । “ट्याक्टरमा बालश्रम गर्न जाने, माछा मारेर रमाइलो गर्न रुचाउनेहरू नियमित स्कुल आउछन्” प्रध्यनाध्यापक सुनारले भने “चेपाङ मात्रै हैन अन्य जाती पनि आर्थिक अवस्था साह्रै कमजोर भएकोले स्कुलमा टिकाउन चुनौती छ ।” आफ्ना सन्तानले शिक्षासंगै व्यक्तिगत जीवनमा धेरै चासो राख्न थालेको अभिवादन राममाया प्रजाले बताइन् ।
कार्यक्रममा कोशीशको सकुन्तला पौडेल मानसिक सु स्वास्थबारे ग्रामीण भेगमा समस्या छ भने संस्थामा सम्पर्क गर्न अनुरोध गरिन ।
कार्यक्रम मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्ध जिला सन्जाल उपाध्यक्ष तथा माइती नेपाल मकवानपुर प्रमुख माया तामाङले बालबालिकालाई उनीहरूको दीगो सिकाइको लागि अभिभावकलाई पनि जिम्मेवारी हुँदै आएको आभास आफूले गरेको बताइन् । मकवानपुर मनहरी गाउँपालिका सामाजिक विकास संयोजक अनन्त प्रकाश अर्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
हिमराईट्सले सहयोग गर्न थालेपछि बालबालिकाहरु निरन्तर कक्षामा उपस्थिती हुने गरेको, शिक्षण सिकाइ क्रियाकलाप राम्रो भएको, ट्युसन कक्षामा पनि निरन्तर उपस्थिती हुने गरेको, सरसफाइमा ध्यान दिने गरेको, अभिभावकहरु आफै पनि बालबालिका विद्यालय आए नआएको अनुगमन गर्न आउने गरेको कार्यक्रम संयोजक कुमारी वाइबाले बताइन् । पहिले नाम समेत भन्न नजान्ने बालबालिका अहिले पढ्न सक्ने साथै केही कक्षा प्रथम नै भएको, चित्र बनाउने आफ्नो वर्णन गर्ने र नबुझेका कुरा सोध्ने गरेको र आफैले साथीहरुलाई सिकाउने समेत गरेको वाईबाले बताइन् ।
संस्थाले सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत हाल राक्सीराङ्ग गाउपालिका अर्न्तगत वडा नं ३ र ५ को सूर्योदय मावि र चैनपुर स्थित प्रजा जागृति आधारभुत विद्यालय तथा मनहरी गाउपालिकाको वडा न ३ प्रजा आधारभुत विद्यालय तथा वडा न ६ स्थित सगरमाथा आधारभुत विद्यालयहरूमा बालबालिकालाई बिद्यालय शिक्षा सहयोग कार्यक्रमसंगै सिमान्तकृत समुहको आर्थिक सशक्तिकरणका लागि आयआर्जन क्रियाकलाप संचालन गर्ने, शिक्षक अभिभावक विच अन्तक्रिया तथा बैठक संचालन गर्ने जस्ता कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा ट्युशन शिक्षक शर्मिला रुम्बा र निशा सुनारले सिमान्तकृत समूदायका बालबालिकाहरूको लागि यस्तो सहयोग निरन्तर आवश्यक रहेको बताए ।