सुष्मा थापा
बेमतलबका बकवास हुदैन ।
कुरापनि त केही खास हुदैन ।
हालचाल सवाल काफी नहुँदा
माया घृणाको रत्तिभर आभाष हुँदैन ।
कदरको बदला प्रयोग भइरहँदा
आफ्नोपन किन किन आस हुदैन ।
तिर्खा लाग्ने खोला धाउछ भन्थे
उखानै भए,अब त्यस्तो प्यास हुदैँन ।
नजिक भए जरो खनेरै छाड्छन्
कसले भन्यो घमन्ड र जालसाज हुदैन ।
ठीक्क गरिन्छ दिक्क नहुने गरी
मर्ने बाँच्ने क़सम खाने प्रयास हुदैन ।
जति लायो उति गारो मान्छेलाइ गुन
यस्तै सम्झदा जिन्दगी झकास हुदैन ।
परदेशी बन्ने बाध्यता समयले गर्दा
नजिकैको मनमा पस्ने कसलाइ त्रास हुदैन ।
जिन्दगी यसै गरी चलिरहँदा निरन्तर
कमजोर मन मुटुमा मायाको ह्रास हुदैन ।
बेगनास पाेखरा