मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
चैत १५ गते बुधबार बिहान ४ बजेको समयमा बा २५ प १९०८ नम्बरको मोटरसाइकलले धरान हेटौंडा सडक खण्डको बागमती ८ साततलेमा बकैया ८ खजुरीदमारका ५० वर्षीय दिल बहादुर स्याङ्तानलाई ठक्कर दिदा घाइते भएका थिए । फापरवारीबाट हेटौंडा जादै गरेको उक्त मोटरसाइकलको ठक्करबाट घाइते स्याङ्तानलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय फापरवारीका प्रहरी बरिस्ठ नायब निरीक्षक बिदुरचन्द्र अधिकारीले जानकारी दिए ।
घाइते स्याङ्तानलाई बिहान ६:१० बजे हेटौंडा अस्पताल ल्याउदा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल चालक सम्पर्कमा नरहेको तर मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भइरहेको छ ।