
पारस भट्ट प्यासी
१.
आफूले सिकेको, जानेको, बुझेको बोल्नु अपराध हो भने
कुनै कुरा,कामलाई राम्रोसँग छिचोल्नु अपराध हो भने
कसैले कसैलाई मारिरहेको देख्दा पनि म मौन बसि दिनेछु,
राम्रोलाइ राम्रो भन्नु नराम्रोको पोल खोल्नु अपराध हो भने ।
२.
साहारा बिहिन छु न श्रीमती न’चेली न ‘चेला भएपछि
अन्याय अत्याचार , घृणा मात्रै बेलाबेला भएपछि
म केही गर्न सक्दिन अपाङ्ग छु ,अन्धो छु यो समाजमा
खै कसरी जिउन सक्छु? जताततै बाट हेला भएपछि ।
३.
मलजल गरेर सबै मिलेर यो देश बनाउनु छ
एकजुटु भएर सबै युवाहरु मैदानमा आउनु छ
देशको खुन सक्काइ सके चुसेर जुकाहरुले
जाग युवा चाँडै जुकाहरुलाई तह लाउनु छ ।
४.
हातमा मिठाइ बोकि पेटमा छुरा हान्नेहरुको कमि छैन
प्रेम मिलनको, प्रगतिदेखि रिस मान्नेहरुको कमि छैन
अगाडीबाट सहयोग गरे जस्तो मीठो बोले जस्तै गरि
पछाडीबाट लखेट्ने, खुट्टा तान्नेहरुको कमि छैन ।
मेलौली २ बैतडी