मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मकवानपुरका बिभीन्न क्याम्पसहरुको मत परिणाममा अनेरास्ववियु विजयी भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मत परिणाम अनुसार हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिल्वालको प्यानलनै विजयी भएको छ ।
यस्तै हेटौंडा १६ हटियाको जनप्रिय बहुमुखी क्याम्पस, हेटौंडा १९ को निर्मल बहुमुखी क्याम्पस तथा मनहरीको मनहरी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको मतगणनाको नजिजा आएको छ।
हटियाको जनप्रिय बहुमुखी क्याम्पसमा मुनाको नेतृत्व
हटियाको जनप्रिय बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको अनेरास्ववियुहरुको प्यानलबाट छात्राहरुको कार्यसमिति निर्वाचित भएका छन । जनप्रियको अध्यक्षमा मुना गोले निर्वाचित भएकी छिन ।
स्ववियु सचिवमा पुष्पा वास्तोला, कोषाध्यक्षमा नमुना पोखरेल, सदस्यमा मेनुका दहाल, पवित्रा अधिकारी र विनिता तिमल्सिना निर्वाचित भएका छन ।
निर्मल बहुमुखी क्याम्पसमा सरोज अर्याल
हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अर्यालको प्यानल विजयी भएको छ । अर्यालले १ सय ३२ मतसहित स्ववियु अध्यक्ष निर्वाचित हुँदा अध्यक्ष पदका अर्का आकांक्षी अनेरास्ववियु (क्रान्तिकारी) का जयबहादुर रोक्का ५२ महसहित पराजित भए ।
यस्तै सचिवमा सुसन पौडेल १ सय २६ मतसहित विजयी हुँदा सहदेव गोले ६० मतसहित पराजित भए । कोषाध्यक्षमा १ सय २८ मतसहित सूर्य बल विजयी हुँदा ५७ मतसहित सुदीप उप्रेती पराजित भए । सदस्यमा महेश कुमार सापकोटा (१३७ ), सुनिता बल (१३७), प्रमिला चौलागाई (१३३), मीरा बिसङ्के (१२५) र केपाश प्रजा (११६ ) विजयी भएका छन् ।
समानुपातिकतर्फ १ सय ३१ मत अनेरास्ववियुले प्राप्त गर्दा ५६ मत अनेरास्ववियु (क्रान्तिकारी) ले पाएको छ । निर्मल बहुमुखी क्याम्पसमा २ सय १० जना मतदाता रहेकोमा १ सय ८८ मत खसेको थियो ।
मनहरी बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षमा कुमार घिसिङ
यसैगरी मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा कुमार घिसिङ विजयी हुनु भएका छन । निर्वाचनमा २९ मतसहित घिसिङ विजयी भएका हुन । अध्यक्षका अर्का आकांक्षी नेपाल विद्यार्थी संघका किशोर लम्सालले २७ मत प्राप्त गरे ।
मनहरी बहुमुखी क्याम्पसको स्ववियु सचिवमा नेपाल विद्यार्थी संघका गेमराज थिङ निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यषमा प्रविण रुम्बा ३१ मतसहित विजयी भएका छन् । कोषाध्यक्षका अर्का आकांक्षी अरुणा सापकोटाले २२ मत मात्रै प्राप्त गरिन् । सदस्यमा माधवप्रसाद अधिकारी (३४ मत), सीता सापकोटा (३२ मत) र प्रशान्त सुवेदी (२७ मत) निर्वाचित भएका छन् । ६० मतदाता रहेको मनहरी बहुमुखी क्याम्पसमा ५६ मत खसेको थियो ।
हेटौंडा क्याम्पस स्ववियु अध्यक्षमा अभि मैनाली निर्वाचित
हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा अभि मैनाली निर्वाचित भएका छन् । निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार राजिव फुयाँललाई पराजित गर्दै अनेरास्ववियुका मैनाली अध्यक्ष सहित प्यानलै निर्वाचित भएको छ ।
८ सय ९७ मतदाता रहेको हेटौंडा क्याम्पसमा ४ सय ७७ मत खसेको थियो । अध्यक्षमा विजयी मैनालीले २ सय ९० मत पाउँदा पराजित उम्मेदवार फुयाँलले १ सय ८५ मत पाए । सचिवमा अनेरास्ववियुका अन्जान खड्काले २ सय ७२ मत पाउँदा नेविसंघका युवराज बिकले १ सय ९४ मत पाए ।
यस्तै कोषाध्यक्षमा अनेरास्ववियुकी अविना खड्काले २ सय ७० मत पाउँदा नेविसंघकी ज्योेति पुडासैनीले १ सय ९६ मत पाइन् । सदस्यमा तिलकबहादुर पाख्रिन, गणेश तिमल्सिना, नवीन कुमार चौधरी, भरतमोहन देवकोटा र रञ्जिता फुयाँल निर्वाचित भएका छन् ।